११ असार २०८३, बिहीबार
,
Latest
वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट प्रदेशसभा खारेजको बहसमा बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुन सक्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा अस्वीकृत प्रचण्डका तीन प्रस्ताव



अ+ अ-

काठमाडौँ । आइतबार बिहानैदेखि नेपाली राजनीतिमा अकस्मात एक तरंग उत्पन्न भयो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गरिने आसयको तीन महिना अघि नै लेखेको पत्र सार्वजनिक भएपछि त्यही पत्रले देशको राजनीतिमा तरंग पैदा गरेको हो । गएको सेप्टेम्बर २९ मा नै देउवा र प्रचण्डले लेखेको सो संयुक्त पत्र सार्वजनिक भएपछि यसैले सात महिनापछि सरकार र प्रमुख प्रतिपक्षी दललाई पनि औपचारिक बैठकका लागि एकै ठाउँमा ल्याइदिएको छ । हिजो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भयो । एमाले अध्यक्ष ओली प्रधानमन्त्रीबाट निस्किएको झण्डै सात महिनापछि हिजो पहिलो पटक बालुवाटार पुगेका थिए ।  

सो बैठक खासगरी एमसीसीमा नै केन्द्रित थियो । सरकार र एमसीसी परियोजनासँग एक, माओवादी पार्टीभित्र अर्काे र सार्वजनिक रुपमा जनतासँग अर्कै गरी तीनथरि धारणा राख्दै आएका माओवादी अध्यक्ष प्रचण्ड आइतबार उक्त पत्र सार्वजनिक भएपछि भने कूटनीतिक चेपुवामा परेका छन् । यसरी ती तिरबाट चेपुवामा परेका प्रचण्डले हिजोको बालुवाटार बैठकमा पनि भाग्ने प्रयत्न गरे । उनले अहिले नै यही रुपमा एमसीसी पास गर्नुभन्दा पनि अहिलेका लागि त्यसबाट उम्किने उपायका लागि याचना गरेका बैठकमा सहभागी स्रोतले जनायो ।  

सो बैठकको मक्सदको बारेमा पाँच मिनेटजति प्रधानामन्त्री देउवाले बोलेपछि प्रचण्डले नै बोल्न सुरु गरेका थिए । ओलीले भने प्रचण्डका पूरै प्रस्ताव चुपचाप सुनेपछि अन्तिममा जवाफ दिएका थिए । प्रचण्डले पहिलो प्रस्ताव अझै पनि हामीले राष्ट्रिय सहमति जुटाउँदैछौँ, केही समय पर्खिदिनुपर्यो या अहिलेको परियोजनाका सर्तहरुमा केही संशोधन गरिदिनुुपर्यो भनेर अमेरिकालाई पत्र लेखौँ भन्ने गरे । त्यो प्रस्ताव प्रधानमन्त्री देउवाले ठाडै अस्वीकार गरे । यस प्रस्तावमा प्रधानमन्त्रीले भनेका थिए– अब हामीले केही गर्न सक्दैनौँ, संसदमा लैजाउँ पास या फेल जेसुकै होस् तर बारम्बार यसरी पत्र लेख्नु हाम्रो कूटनीतिक कमजोरी हुन्छ । अब कुनै पत्र लेख्न सकिँदैन ।  

त्यसपछि आयो उहाँको अर्काे प्रस्ताव– त्यसो भए यो प्रस्ताव अहिले नभएर स्थानीय निर्वाचनपछि मात्र संसदमा ल्याऔँ । यो प्रस्तावमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीको सामूहिक अस्वीकृति थियो । उनीहरु दुवै जनाले भनेका थिए– यो एजेण्डालाई चुनावसँग जोड्नुहुदैन, यो विदेशी सहायता परियोजना भएकाले चुनाव अघि र पछि भन्ने नै हुदैन, यसले झन् राजनीतिक दलहरु भित्र र कूटनीतिक रुपमा पनि विवाद ल्याउँछ । 

अनि आयो प्रचण्डको तेस्रो प्रस्ताव– यदि एमालेले पनि यो परियोजनामा मत हाल्ने हो भने संसदमा एमसीसी परियोजना पेश गर्न सभामुखलाई भन्छु । यसमा एमाले अध्यक्ष ओलीको कडा आपत्ति रहेको बालुवाटार बैठक स्रतले बतायो । यस प्रस्तावमा ओलीले भनेका थिए– सरकारले ल्याएको प्रस्तावलाई सभामुखले संसदमा टेबुल गर्न दिन्न भन्न मिल्छ ? अनि सरकारले ल्याएको प्रस्ताव संसदमा प्रस्तुत गर्नका लागि के कुनै पार्टीको नेताले सभामुखलाई मनाउनुपर्ने हो र ? 

यसमा ओलीको अर्काे पनि आपत्ति रह्यो । उनले प्रश्न गरे– सरकार आफैसँग बहुमत हुदाहुदै अनि संसदमा सरकारको प्रस्ताव पारित गर्नका लागि प्रतिपक्षीको मत माग्न मिल्छ ? उनको सुझाव थियो– पहिला यो प्रस्ताव सरकारले संसदमा ल्याओस, अनि पास फेल के हुन्छ त्यसपछिमात्र प्रतिपक्षीको भूमिकाको कुरा आउँछ । अहिले त सरकार आफै बहुमतमा छ, हामीले केही भन्न मिल्दैन । 

यसरी प्रचण्डले बालुवाटारमा ल्याएका तीन प्रस्तावमध्ये एक एकमा देउवा  र ओलीको अनि अर्काे एकमा सामूहिक अस्वीकृति भएपछि प्रचण्ड त्यहाँबाट निस्किएका थिए । त्यसपछि उनले सचिवालयका तर्फबाट साँझ एक विज्ञप्ति जारी गरेका थिए । त्यस विज्ञप्तिमा अहिलेकै अवस्थामा एमसीसी परियोजना पारित नहुने आसय व्यक्त गरिएको छ । तर प्रधानमन्त्री देउवासँगै एमसीसीलाई लेखेको पत्रका बारेमा भने केही उल्लेख छैन । अनि अब एमसीसी के गर्ने भन्ने विषयमा माओवादीको आधिकारीक धारणा आएको पनि छैन ।