२६ भाद्र २०८३, शुक्रबार
,
Latest
कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपा लिगमा लिभरपुलको लगातार दुई जित



डिएगो जोटा
अ+ अ-

युरोपेली क्लबहरुको फुटबल प्रतियोगिता युरोपा लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा लिभरपुलले आफ्नो गृह मैदान एन्फिल्डमा युनियन सेन्ट जिलोजलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

सेन्ट जिलोज यस सिजनमा बेल्जियम फुटबल लिगको शीर्ष स्थानमा रहेको छ ।

यो जितसँगै लिभरपुलले चार क्लब सहभागी समूह ई मा लगातार दोस्रो जित निकालेर ६ अंक बटुलेको छ, र समूहमा पहिलो स्थानमा छ । दोस्रो स्थानमा भने ४ अंकका साथ टुलोज क्लब छ ।

गृह मैदान एन्फिल्डमा लिभरपुलले जिलोजमाथि लगातार दबाब सिर्जना गरेको थियो । यद्यपी लिभरपुलले पहिलो गोल भने ४४ औं मिनेटमा मात्र गर्न सकेको थियो । लिभरपुलका लागि पहिलो गोल रायन ग्राभेनबर्चले गरेका थिए । उनी यसै सिजन बायर्न म्युनिखबाट लिभरपुल स्थानान्तरण भएका हुन् ।

दोस्रो हाफको अतिरिक्त समय ९२ औं मिनेटमा डिएगो जोटाले क्लबका लागि दोस्रो गोल गरेका थिए । एजेन्सी