२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङ भूकम्प: राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका निर्देशन दिइसकिएको छ- प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङ भूकम्प पीडितलाई राहत दिने प्रक्रिया तत्कालै सुरु भएको बताउनु भएका छ ।

सिंहदरबारमा आज बिहान भएको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको बैठकमा प्रधानमन्त्रीले प्रभावित राहत, उद्दार, पुनर्स्थापना तथा पुनर्निर्माणका निर्देशन दिईसकिएको बताउनु भयो ।

भूकम्पबाट पीडित र प्रभावित जनतालाई राहत, उद्दार, पुनर्स्थापना तथा पुनर्निर्माणका बारेमा आवश्यक निर्णय तथा कार्यान्वयनका लागि विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको १२ औ बैठकमा गम्भीर छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रभावित जनतालाई तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आर्थिक तथा अन्य सहयोगको लागि तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

प्राकृतिक विपदले सिर्जना गरेको संकटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी छ। सरकारका तर्फबाट राहत, उद्दार, उपचार , पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिने पनि सचिवलायले जनाएको छ ।