१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्ज घटना दु:खद, असमझदारी हटाउन विष्णु पौडेलको आग्रह



अ+ अ-

काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पछिल्लो समय नेपालगञ्ज समेत देशका केही स्थानमा उत्पन्न धार्मिक एवं जातीय असमझदारीप्रति दु:ख प्रकट गर्नु भएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गर्दैै नेता पौडेलले यो तिक्तता र असमझदारीको अवस्थालाई तत्काल हटाएर सामाजिक सहिष्णुता कायम गर्नेतर्फ सक्रिय भूमिका निर्वाह गर्न नेकपा एमालेको सिङ्गो पार्टी पंक्ति र आमजनसमुदायमा आग्रह गर्नु भएको छ ।

उहाँले लेख्नु भएको छ, नेपालको विशिष्ट स्थिति भनेकै धार्मिक, जातीय, सांस्कृतिक बहुलता हो । नेपालीहरुबीचको सहिष्णुता हाम्रो निधि हो, पहिचान हो । यस विशिष्ट परिस्थितिलाई हामी सबैले शदीयौंदेखि आत्मसात गरिरहेका छौं । पछिल्लो समय नेपालगञ्ज समेत देशका केही स्थानमा देखिएका असमझदारी दु:खद छन् ।

नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायका केही व्यक्तिको भडकाउका कारण तनाव उत्पन्न भएको थियो । स्थानीय प्रशासनले कानुन व्यवस्था नियन्त्रणमा राख्न र थप मानवीय र सम्पत्तिको क्षति हुन नदिन निषेधाज्ञा जारी गरेको छ भने धार्मिक समुदायका अगुवाहरुले सामाजिक सदभाव कायम राख्न निरन्तर आग्रह, पहल र छलफल गरिरहेका छन् ।