११ असार २०८३, बिहीबार
,
Latest
वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट प्रदेशसभा खारेजको बहसमा बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुन सक्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारसँग स्वास्थ्य उपकरण तथा रसायन परीक्षण गर्ने मेकानिजम नै छैन- केमसन अध्यक्ष सुरेश घिमिरे (भिडियो)



अ+ अ-

काठमाडौं । केमिकल एन्ड मेडिकल आपूर्तिकर्ता संघ (केमसन)का अध्यक्षमा सुरेश घिमिरेले सरकारसँग स्वास्थ्य उपकरण तथा रसायन परीक्षण गर्ने मेकानिजम नै नभएको खुलासा गर्नु भएको छ ।

स्वास्थ्य परीक्षण उपकरण र रसायन आयातकर्ताहरुको छाता सगंठन (केमसन)का अध्यक्ष घिमिरेले सो कुरा बताउनु भएको हो । उहाँले मेडिकल औषधीहरु आयात नीतिगत रुपमा व्यवस्थित भए पनि स्वास्थ्य उपकरणहरुको आयातमा भने मन लाग्दी हुने गरेको बताउनु भयो । अध्यक्ष घिमिरेले सरकारसँग गुणस्तरीय स्वास्थ्य सामाग्री आयात भए/नभएरको परीक्षण गर्ने नीतिगत व्यवस्थासम्म पनि नभएको बताउनु भयो । उहाँले राज्यसँग स्वास्थ्य उपकरण गुणस्तर परीक्षण गर्ने मेकानिजम नै नभएकाले कोरोना महामारीको समयमा स्वास्थ्य सामाग्री जथाभावी रुपमा आयात भएको तथ्य स्मरण गराउनु भयो । कपडा, फलफूल आयात गर्ने व्यवसायीले समेत नेपालमा स्वास्थ्य उपकरणका सामाग्री आयात गर्ने गरेको उहाँको भनाई छ ।  

अध्यक्ष घिमिरेले सरकारले स्वास्थ्य उपकरण सामानको बजारमा गुणस्तरियता भन्दापनि व्यापारीहरुले कति नाफा खाए भनेर मात्रै अनुगमन गर्ने आरोप लगाउनु भयो । सरकारले तत्काल स्वास्थ्य सामाग्रीको गुणस्तरीयता परीक्षणका लागि ल्यापको व्यवस्था गर्नुपर्ने अध्यक्ष घिमिरेले बताउनु भयो । अध्यक्ष घिमिरेले भन्नुभयो, ‘औषधि व्यवसायी संघले धेरै कुरा नियमन गरिहेको छ । डिजेमा दर्ता नभएसम्म औषधि आयात गर्न पाउँदैन । तर ,स्वास्थ्य उपकरण भने जुत्ता, कपडा, फलफूल आयात गर्ने पनि आयात गरिरहेको छ । किनकी यो सामाग्रीमा मार्जिन देख्छ तर गुणस्तरमा हुर्ने काम भएको छैन । स्वास्थ्य उपकरणको मूल्य हेरेर किन्ने गरिन्छ । मूल्य कम भएर मात्रै भएन स्वास्थ्य उपकरण कमसल भएर गलत रिर्पोट दिन्छ । त्यसलै यसलाई ल्याप परिक्षण गुर्न पर्छ । स्वास्थ्य उपकरण एकदमै संवेदनशील सामाग्री हो । तर, यस्ता सामानको आयातमा राज्य खेबर छ । तर कोरोना महामारी पछि केही सतर्क भएको छ । स्वास्थ्य सामाग्री गुणस्तरीय नभएको भनेर नियमन गर्न मिल्दैन ।

तर, संघमा आवद्ध भएका सदस्यहरुलाई गुणस्तरीय सामाग्री मात्रै आयात गर्न सुझाव दिएका छौँ । भोली जो कोही व्यवसायीलाई समस्या पर्छ भनेका छौँ । तर पनि एक÷दुई जनाले कमाउने आशमा गलत काम गरेका छन । सरकारले अनुगमन गर्ने कुरा दशैंमा खाद्य सामाग्री अनुगमन गरे जस्तै र कोभिड पुनः आयो भन्नेपछि मात्रै अनुगमनको लागि दौडने गरेको छ । सामाग्रीको मूल्य मात्रै हेर्ने गरिन्छ । तर गुणस्तरको अनुगमन हुँदैन । सरकारले व्यापारीले धेरै नाफा खायोकी खाएन भनेर मात्रै अनुगमन गरेको छ । अहिलेसम्म सरकारसँग स्वास्थ्य सामाग्रीको गुणस्तर जाँच गर्ने मेकानिजम नै छैन । पहिलो कुरा त सरकारसँग स्वास्थ्य उपकरणहरुको गुणस्तर मापन गर्ने मेकानिजम हुनुपर्यो। स्यापल लिएर परीक्षण गर्ने ल्यापहरु चाहिन्छ त्यो अहिलेसम्म छैन । अहिलेसम्म मान्यताका आधारमा सामान आयात भएको छ । आयात गर्ने कम्पनीलाई केही मापदण्ड दिएर लाइसेन्स दिएको छ । त्यही मापदण्डको लाइसेन्सको आधारमा आयात गरिन्छ ।

लाइसेन्स पनि विभिन्न किसिमका छन् । यस्ता विभिन्न किसिमका गुणस्तरलाई डाक्टरहरु बसेर यस्तो गुणस्तरको छ भनेपछि आयात भएको छ । सरकारले लाइसेन्स दियो भने पुग्यो । सरकारले लाइसेन्स कम मुल्य भएका कम्पनीलाई दिन्छ । यस्तालाई दिँदा गुणस्तरिय सामाग्री आउँदैन । यस्तो हुनु पिडादायि छ । अब यस्तो खालको मानसिकता परिर्वतन गरेर गुणस्तरियता हेरेर सरकारले आयात गर्नु दिनुपर्छ । सरकारले यस्तो खालको नीति बनाउन आवश्यक छ ।’

त्यस्तै अध्यक्ष घिमिरेले कोरोना महामारीको शुरुवातको जस्तै पछिल्लो समय स्वास्थ्य उपकरणको अभाव नभएको बताउनु भयो । उहाँले अहिले बजारमा कुनै पनि मेडिकल उपकरणहरुको अभाव नरहेको बताउनु भयो  । अहिले बजारमा औषधीको धेरै माग भएकाले पारासिटामोल लुकाएर कृतिम अभाव भएको घिमिरेले स्वीकार गर्नु भयो । उहाँले आपूर्ति संघले गुणस्तरहीन सामान आयात रोक्नको लागि बारम्बार सरकारसँग छलफल गर्दैै आएको बताउनु भयो । तर सरकारले स्वास्थ्य उपकरण आयात गर्दा गुणस्तरीय मापन गर्ने कार्यविधि २०७०÷७१ सालमा बने पनि अहिलेसम्म कार्यान्वयनमा नल्याएको अध्यक्ष घिमिरेले गुनासो गर्नु भयो ।

अध्यक्ष घिमिरेले भन्नुभयो, ‘पछिल्लो समय स्वास्थ्य परीक्षण उपकरणहरुको कोरोना महामारी शुरुवातको जस्तो अभाव अवस्था रहेको छैन । कोरोनाको शुरुवातको समयमा मास्क,सेनिटाइजर र एप्परोनहरुको अभाव रहेको थियो । कोरोना महामारीको दोस्रो लहरमा अक्सिजन,भेन्टिलेटर अभाव भएको थियो । अहिले कोरोनाको आमिक्रोन तेस्रो भेरियन्ट फैलिरहेको अवस्थामा मेडिकल उपकरणहरुको अभाव रहेको छैन । तर ,अहिले औषधीको धेरै माग भएकाले बजारमा पारासिटामोल लुकाएर अभाव भएको देखिन्छ । अन्य केही मेडिकल सामाग्रीमा त्यस्तो भएता पनि स्वास्थ्य उपकरणहरुको आपूर्तिमा खासै समस्या देखिएको छैन ।  स्वास्थ्य उपकरण सम्बन्धि अनुभव, सक्षम व्यवसायी  भन्दा पनि कोरोनाको सयममा अन्य व्यवसाय भएन स्वास्थ्य उपकरण तथा रसायन सामान आयात गरेर व्यापार गरौँ भन्नेर गुणस्तरियता नहेरी बजारमा ल्याउने काम भएको छ ।

थरमल गन,मास्क,सेनिटाइजर नक्कली अर्थात मापदण्ड पुरा नभएका काम नगर्ने सामाग्री बजारमा ल्याउने काम भएको थियो । आपूर्ति संघले गुणस्तरहिन सामान आयात रोक्नको लागि बारम्बार सरकारसँग छलफल गर्दैै आएका छौँ । स्वास्थ्य उपकरण आयात गर्दा गुणस्तरिय मापन गर्ने कार्यविधि २०७०÷७१ साल देखि बनेको छ । सरकारले यसलाई कार्यान्वयनमा लान कम्पनी छनोट गर्ने, गुणस्तर मापदण्ड पूरा गर्ने र गुणस्तरको लाइसेन्स लिएर त्यसको उत्पादन मात्रै आयात गर्न पाउने भनेर सरकारलाई भनेका छाँै । तर सरकारले अहिलेसम्म माग पूरा गरेको छैन । सरकारको कुन निकायले हेर्ने भन्ने विषयमा नै समस्या रहेको छ । सामाग्री गुणस्तरिय हो की होइन भनेर विज्ञ सरकारले राख्नु पर्ने हुन्छ । त्यो पनि सम्बन्धित क्षेत्रका फरक–फरक विज्ञ आवश्वयकता हुन्छ । यसको व्यवस्थापनको लागि स्वास्थ्य मन्त्रालयमा विभाग नै राख्नुपर्छ भन्ने हाम्रो माग रहेको छ । अहिले सरकार कोरोनाको भ्याक्सिन लगाएर कसरी व्यवस्थापन गर्ने भन्नेमा नै अलमलिएको छ ।’

अध्यक्ष घिमिरले पछिल्लो समय स्वास्थ्य उपकरणका विभिन्न स्वास्थ्य सामाग्रीहरु बजारमा नक्कली पाउन थालेकाले यस्ता सामाग्री आयात नगर्न व्यवसायीहरुलाई संघले सचेत गराउँदै आएको बताउनु भयो ।