• २९ जेष्ठ २०८१, मंगलवार
  •      Tue Jun 11 2024
  •   Unicode
Logo
Latest
★   ‘फोटोग्राफी’बाट मनग्ये कमाउँछन् कैलालीका युवा ★   निर्माण रोकिएको शीतभण्डार पुन: सुरु गर्न किसानको आग्रह ★   धान नबिकेपछि झापाका किसान चिन्तित ★   टिममा सन्दीप जोडिएपछि रोहितको प्रतिक्रिया: ‘विकेट टेकर बलर एड हुनुभएको छ’ ★   ४ वटा सामुदायिक विद्यालयले भाडा लगाएका ६१ वटा सटरमा शिक्षा विभागले ताला लगायो ★   नक्साल ढुङ्गेधारा पुनरुत्थान हुँदै: पानीको निकास थुन्नेलाई जरिवाना तिराएर त्यही जरिवानाबाट निकास खोलियो ★   किसानले दु:ख गरी लगाएको धान बिकेन, थपियो चिन्ता ★   ग्रामीण जनजीवनलाई जीवित राखेका बागलुङको दिजगाउँ ★   साम्तुङ–सोता सिँचाइ आयोजनाको पक्की नहर निर्माण ★   राष्ट्रपति आज साँझ जेनेभा जानुहुँदै

नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर



न्यूयोर्क । नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आउनुभएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा बुधबार आयोजित समारोहमा नेपालको तर्फबाट मन्त्री साउदले हस्ताक्षर गर्नुभएको हो । अतिकम विकसित देशबाट यो सम्झौतामा हस्ताक्षर गर्ने नेपाल एक हस्ताक्षरकर्ता देश बनेको छ । खासगरी यो सम्झौताले पृथ्वीमा समुद्र र जमिनको भूभाग ३०/३० प्रतिशत कायम गर्ने अवधारणालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नेछ । सन् २०३० सम्ममा यो सम्झौता लागू गरिसक्ने राष्ट्रसङ्घले जनाएको छ ।

यो सम्झौतामा विश्वभरिका राष्ट्रलाई सन् २०२३ को सेप्टेम्बर २० देखि सन् २०२५ को सेप्टेम्बर २० सम्म हस्ताक्षर गर्ने समय सीमा दिइएको छ । नेपालले उक्त सम्झौता हस्ताक्षर गर्ने दिनमा नै हस्ताक्षर गरेको छ । रासस