१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

सन्तानलाई मधुमेह दिने कि स्वस्थ हुने उपहार ?

सन्तानलाई मधुमेह दिने कि  स्वस्थ हुने उपहार  ?
अ अ+ अ-

अभिभावकले बच्चाबच्चीलाई माया गरेर चाउचाउ, चिसो पेय, चिज बल दिनु भनेको सन्तानलाई माया होइन, रोगको पोको दिनु हो ।

आजकल ‘डायबिटिज’ नामले चिनिने चिनी रोगबारे नसुन्ने प्राय: कमै हुन्छन् । टोल–टोलमा मानिसहरू यो समस्याबाट पीडित छन् । यस्तै अवस्था रहिरह्यो भने केही समयपछि हरेक परिवारमा मधुमेहका बिरामी हुनेछन् । केही महिनाअघि एक डाक्टरको क्लिनिकमा १६ वर्षका आयुष मधुमेहको समस्या लिएर आए ।

उनकी आमा वैदेशिक रोजगारमा गएर फर्केकी हुन् । उनी छोरालाई धेरै माया देखाउन धेरै पत्रु खाना, चकलेट, चिसो पेयपदार्थ दिँदारहिछन् । आयुषलाई घरको स्वस्थकर खानेकुरा खान बाबाले पनि कर गरेनन् । आयुषलाई समस्या भयो । जाँच गर्दा थाहा भयो, उनलाई मधुमेह भएछ । मोटोपन, अस्वस्थकर खाना, कम्प्युटर र टिभीमा बसिरहने बानीले मधुमेह निम्ताएछ ।

यति सानो उमेरमै मधुमेह भएपछि अभिभावकलाई चिन्ता पर्ने नै भयो ।उनलाई इन्सुलिन नै दिनुपर्‍यो । त्यसपछि मात्र उनका अभिभावकले चेते । इन्सुलिन दिएर, खानामा सुधार गरेर मोटोपन घटाएपछि रोगमासुधार हुँदै गएपछि इन्सुलिनको मात्रा पनि घट्दै गयो र बन्द भयो । अहिले आयुष मधुमेहबाट मुक्त छन् । यदि पहिले नै उनका अभिभावकले ध्यान दिएको भए आयुषले समस्या भोग्नैपर्ने थिएन । तर यदि उनले भविष्यमा खानपान र जीवनशैली बिगारे पुन: समस्या हुनसक्छ ।

मोटोपन, मधुमेह र खानपानका कारण जनस्वास्थ्यमा परेको समस्यालाई लिएर कतिपय देशले यसबारे गम्भीर रूपमा सोच्न थालिसकेका छन् । सिंगापुरका हरेक ९ जनामा १ जनालाई मधुमेह छ । ६० कटेकाहरूमा हरेक १० जनामध्ये ३ जनालाई मधुमेह छ ।

मधुमेहले गर्दा प्रत्येक वर्ष १२०० जनाको खुट्टा काट्नुपर्ने अवस्था छ । त्यसैले सन् २०१९ मा त्यहाँ चिसो पेयपदार्थ पिउने प्रेरणा दिने विज्ञापनमा रोक लगाइएको छ । यस्ता चिसो पेयपदार्थमा ३५५ मिलिलिटरमा ११ चम्चा चिनी हुन्छ भनी हार्वर्ड स्कुल अफ पब्लिक हेल्थको अध्ययनमा उल्लेख छ ।

विश्व स्वास्थ्य संघले ‘एक दिनमा पुरुषले ९ चम्चा र महिलाले ६ चम्चा चिनी खान सिफारिस गरेको छ ।’ तर चिसो पेयपदार्थ केक, कुकिज, बिस्कुट, पाउरोटी आदि खाँदा योभन्दा धेरै चिनी खाइन्छ । जन्मदिनमा स्वास्थ्य राम्रै रहोस् भनेर शुभकामना दिँदा पनि केक दिएर हामी बालबालिकामा मधुमेहको समस्या बढाइरहेका हुन्छौं ।

मधुमेह विभिन्न प्रकारका हुन्छन् । पहिलो प्रकारका मधुमेहमा शिशुको शरीरमा इन्सुलिनले रगतमा चिनी (ग्लुकोज) लाई नियन्त्रण गर्छ, त्यो नै अभाव हुन्छ । दोस्रो प्रकारको मधुमेह प्राय: ४०–५० वर्ष कटेपछि अस्वस्थकर जीवनशैली, मोटोपनको कारणले धेरै हुन्छ । इन्सुलिनले राम्रोसँग काम गर्दैन । विदेशमा ४० को उमेर भएपछि देखिने यो समस्या नेपालमा अहिले सानै उमेरमा देखिन थालेको छ ।

बुटवलका १४ वर्षीय रमेशको निधारमा घाउ आयो, निको भएन । जँचाउँदा थाहा भयो, उनलाई दोस्रो प्रकारको मधुमेह रहेछ । अहिले उनले औषधि खाएर मधुमेह नियन्त्रणमा राखेका छन् । यसरी खानपान तथा मोटोपनले गर्दा बालबालिकामा दोस्रो प्रकारको मधुमेह बढिरहेको छ ।

मधुमेह भएपछि जटिलता बढ्ने र मृगौलाले पनि काम गर्न गाह्रो हुने अवस्था आउन सक्छ । मृगौला बिग्रेपछि फेर्ने वा डायलसिस गर्ने मात्र उपाय हुन्छ । यी दुवै उपाय सजिला छैनन् । आर्थिक दृष्टिले झनै महँंगो छ र साधारण नेपाली परिवारको बजेटले धान्न मुस्किल पर्छ ।