३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

होम आइसोलेसनमा बस्नु भएका संक्रमितहरुले ध्यान दिनुपर्ने कुराहरु

होम आइसोलेसनमा बस्नु भएका संक्रमितहरुले ध्यान दिनुपर्ने कुराहरु
अ+ अ-

काठमाडौं । कोरोना सक्रमण तीब्र रुपमा फैलिएको छ । सरकारले अस्पतालमा उपचारका लागि स्थान उपलब्ध गराउन कठिनहुने जनाएको छ ।सक्रमणका लक्षण  देखिएकाहरु घरमा नै आईसोलेसमा बसेका छन् । घरमा नै आईसोलेसनमा बस्दा के-के कुरामा ध्यान दिनुपर्छ भन्दै जनस्वास्थ्य विज्ञ डा .रवीन्द्र पाण्डेले सुझाब दिनुभएको छ ।  

१) थर्ममिटरबाट तापक्रम नापिरहनुहोला । ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो १०० पुग्यो भने पारासिटामोल खानुहोला , शरीर दुखेमा र टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ ।

२) पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला  यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला यसलाई प्रोन पोजिसन भनिन्छ, पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला ्, यसले फोक्सोको क्षमता बढाउछ ्, यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ I

३) भिटामिन सी २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोला , आबश्यकता अनुसार पारासिटामोल, कफ सिरप र ट्याब्लेट खान सकिन्छ I

४) अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला , यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ  तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसंग जांच गराउनुहोला ् छातीको एक्स रे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि (एन्टिभाइरल र एन्टिबायोटिक) खानुपर्ने हुन्छ ,कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ I

५) जांच नगरी घरमा अक्सिजन दिएर नबस्नुहोला ,अक्सिजनले रोग निको गर्दैन , चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ ,अक्सिजन उपचार हैन I धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ I

६) एक रातमै अवस्था क्रिटिकल हुनसक्छ , तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला , अस्पताल प्याक भएपनि त्यहाँ तपाइंले कुनै न कुनै उपचार पाउनुहुन्छ I

७) अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एबम स्वास्थ्य नष्ट नगर्नुहोला, प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन , यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ I

८) मरिच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला I

९)घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोला ,यसपटकको प्रजाति निकै संक्रामक छ I

१०) घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला I

११) पानीको बाफ लिंदा आराम हुन्छ I

१२)रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ र कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला I

१३) हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला I

१४) आफ्नो मानसिक अवस्थालाई सुदृढ एबम सबल राखुहोला नआत्तिनुहोला I

१५)दिनमा १ र २ पटक मात्र समाचार हेर्नुहोला, सामाजिक संजाल नहेर्नुहोला, अनधिकृत समाचारले तनाव बढाउँछ I

१६) गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोला , त्यस्तै गाह्रो भएमा कोभिड हटलाइन ११३३,९८५१२५५४३८/९८५१२५५८३७ मा फोन गरेर उपचारको जानकारी लिनुहोला I