काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवम् राष्ट्रियसभा सदस्य वामदेव गौतमले अमेरिकालाई एमसीसी फिर्ता लैजान आग्रह गर्नुभएको छ । गौतमले आज एक बिज्ञप्ति जारी गर्दे एमसीसीले नेपालको हितभन्दा पनि जनमत विभाजनको कारण गम्भीर अहित हुने देखिएको उल्लेख गर्दे फिर्ता लैजान आग्रह गर्नुभएको हो ।
गौतमले जारी गर्नुभएको बिज्ञप्तिमा भनिएको छ नेपालको अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकार र संसदले पनि अनुमोदन गर्नसक्ने अवस्था देखिन्न । यस्तो अवस्थामा म नेपाल सरकार र अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।’ नेता गौतमले एमसीसी सम्झौता कार्यान्वयन गरिँदा नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको जनाउनु भएको छ ।












