१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिबियामा आँधीबाट ३ हजार ६० जनाको मृत्यु: टर्कीले सहायता सामग्रीसहितका ३ वटा विमान पठायो



अ+ अ-

एजेन्सी । टर्कीले लिबियाको पूर्वी भागमा आँधी कारण आएको बाढीपछि राहत सामग्रीसहतिको मानवीय उद्धार टोलीसहितका ३ वटा विमान पठाएको छ ।

टर्कीले मंगलवार साँझ तीन वटा विमान लिबिया पठाएको हो । टर्कीको रक्षा मन्त्रालयले मित्रवत सम्बन्धका लागि उद्धार टोली र सहायता सामग्री आवश्यक आपूर्ति जारी राख्ने बताएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले पनि आवश्यक सहायता गर्ने प्रतिवद्धता जनाउनुभएको छ । लिबियाको पूर्वी भागमा आईतवार आएको भीषण बाढीका कारण लिबियाको डेर्ना शहरमा कुल ३ हजार ६० जनाको मृत्यु भएको छ भने ५ हजार २ सय जना बेपत्ता छन् ।

लिबियामा आईतवा भूमध्यसागरीय आँधीका कारण बाढी आएको हो । आँधीले पूर्वाधारमा ठूलो क्षति गरेको छ ।