२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकालाई हराउँदै भारत एसिया कपको फाइनलमा



अ+ अ-

एजेन्सी । भारत एसिया कप २०२३ को फाइनलमा प्रवेश गरेको छ । भारतले आफ्नो दोस्रो सुपर–४ खेलमा साविक विजेता श्रीलंकालाई ४१ रनले पराजित गर्दै एक खेल अगावै फाइनलमा स्थान बनाएको हो ।

२१४ रनको लक्ष्य पछ्याएको श्रीलंकाको टोलीको सुरुवात खराब रह्यो । टोलीले तेस्रो ओभरमा पथुम निसाङ्का (६ रन)को विकेट गुमाएको थियो ।

कुसल मेन्डिस (१५ रन)ले इनिङ्स सम्हाल्ने प्रयास गरे तर उनी पनि ७ औं ओभरमा बुमराहको शिकार बने । ८ औं ओभरमा मोहम्मद सिराजले दिमुथ करुणारत्ने (२ रन)लाई पेभिलियन पठाए । श्रीलंकाले पहिलो १० ओभरमा ३९ रन बनाएर ३ विकेट गुमाएको थियो ।

त्यसअघि भारत ४९.१ ओभरमा २१३ रन बनाएर अलआउट भयो । एकदिवसीय इतिहासमा पहिलो पटक, टोलीले स्पिनरहरूविरुद्ध सबै १० विकेट गुमायो । श्रीलंकाका बायाँ हाते स्पिनर डुनिथ भेलालागेले ५ विकेट लिए भने अफ स्पिनर चारिथ असालान्काले ४ विकेट लिए । मिस्ट्री स्पिनर महिश तिक्षणाले एक विकेट लिए ।

भारतीय कप्तान रोहित शर्माले सर्वाधिक ५३ रन बनाए । रोहितले आफ्नो एकदिवसीय करियरको ५१ औं अर्धशतक बनाएका थिए । उनले एकदिवसीयमा १० हजार रन पनि पूरा गरेका छन् । रोहितका अलावा केएल राहुलले ३९ रन र विकेटकिपर इशान किशनले ३३ रनको योगदान दिए । अक्षर र सिराजले अन्तिम विकेटका लागि २६ रनको साझेदारी गरे ।

भारत र श्रीलंकाको खेल वर्षाका कारण रोकिएको थियो । साँझ ६ बजेर ४० मिनेटमा पानी परेपछि भारतीय इनिङ्समा ४७ ओभर बलिङ गरिएको थियो र खेल रोकिनुपरेको थियो । केही समयपछि पानी रोकिएपछि खेल फेरि ७ः३० बजे सुरु भयो । तर, अम्पायरहरूले ओभर न काट्ने निर्णय गरे र इनिङ्सको ब्रेक टाइम १० मिनेटमा घटाए ।

शीर्ष क्रम पेभिलियन फर्किएपछि विकेटकिपर केएल राहुल र इशानले भारतको इनिङ्सलाई सम्हालेका थिए । दुवैले सावधानीपूर्वक ब्याटिङ गर्दै टोलीको स्कोर १०० बाट १५० मा पुर्याएका थिए । राहुल ४४ बलमा ३९ रन बनाएर आउट भए र दुवैबीचको अर्धशतकीय साझेदारी टुट्यो । राहुल र इशानले ८९ बलमा ६३ रनको साझेदारी गरे । राहुलपछि इशान किशन पनि ६१ बलमा ३३ रन बनाएर चरित असलंकाको शिकार बने ।

भारतीय कप्तान रोहित शर्मा र शुभमन गिलले ६७ बलमा ८० रनको ओपनिङ साझेदारी गरे । यो साझेदारी डुनिट भेलालागेले गिललाई बोल्ड गरेर तोडेका थिए ।

भारतले अब शुक्रबार बंगलादेशसँग तथा श्रीलंकाले बिहीबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पाकिस्तान र श्रीलंकाबीचको खेल हेभिवेट बन्ने भएको छ । उक्त खेलको विजेता टोली नै फाइनलमा पुग्नेछ ।