८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

लिबियाको बाढीमा परी कम्तीमा दुई हजार ३०० को मृत्यु, अझै हजारौँ बेपत्ता

लिबियाको बाढीमा परी कम्तीमा दुई हजार ३०० को मृत्यु, अझै हजारौँ बेपत्ता
अ अ+ अ-

लिबियामा आएको विनाशकारी बाढीले नदीका बाँधहरू भत्काएर पूर्वी तटीय सहरलाई तहसनहस पार्दा कम्तीमा दुई हजार ३०० व्यक्तिको मृत्यु हुनुका साथै हजारौं बेपत्ता भएका छन् ।

लिबियामा आएको विनाशकारी बाढीले गरेको विनासबारे विश्वव्यापी चिन्ता फैलिँदै जाँदा, धेरै राष्ट्रहरूले युद्धग्रस्त देशलाई मद्दत गर्न तत्काल सहायता र उद्धार टोलीहरू पठाउने प्रस्ताव गरेका छन् । संयुक्त राष्ट्र सङ्घका एक अधिकारीले ‘ठूलो अनुपातको विपत्ति’ भनेका छन् । करिब एक लाख मानिसह बसोबास गर्ने भूमध्यसागरीय तटीय शहर डेर्नामा ठूलो विनाश भयो । नदी किनारमा रहेका बहतले भवनहरू ढलेका र ती घर र कारहरू पानीको उग्र वहावसँगै विलिन भएका थिए ।

आपतकालीन सेवाहरूले डेर्नामा मात्र दुई हजार ३०० भन्दा बढीको मृत्यु भएको प्रारम्भिक रिपोर्ट गरेका छन् । उक्त विनासकारी बाढीका कार पाँच हजारभन्दा बढी मानिसहरू हराइरहेको र लगभग सात हजार घाइते भएको बताएका छन् ।

त्रिपोलीस्थित रेस्क्यु एण्ड इमर्जेन्सी सर्भिसका ओसामा अलीले भन्नुभयो, “डेर्नाको अवस्था अकल्पनीय र डरलाग्दो छ । हामीलाई जीवन बचाउन थप सहयोगको आवश्यकता पर्नेछ । त्यहाँ अझै पनि भग्नावशेषमुनि मानिसहरू छन् र प्रत्येक मिनेटको गणनासँगै उनीहरूको जीवित वा मृत सङ्ख्यामा गणना हुनेछ ।”

ग्रीस, बुल्गेरिया र टर्कीमा आइतबार आएको आँधी ‘डेनियल’को मुसलधारे वर्षाका कारण बाढी आएको हो ।

बेन्गाजीबाट २५० किलोमिटर (१५० माइल) पूर्वमा पर्ने डेर्ना पहाडहरूले घेरिएको छ र गर्मी याममा सामान्यतया सुख्खा नदीको किनारमा विभाजित छ । तर यो माटो–खैरो पानीको उग्र धारमा परिणत भएको छ, जसले धेरै प्रमुख पुलहरू पनि बगाएको छ ।

लिबियाको आपतकालीन सेवाले दिएको मृतकको सङ्ख्या रेड क्रस र पूर्वका अधिकारीहरूले प्रदान गरेको गम्भीर अनुमानसँग मिल्दोजुल्दो छ, जसले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् ।

“मृत्यु हुनेको संख्या ठूलो छ र हजारौंसम्म पुग्न सक्छ,” इन्टरनेसनल फेडेरेसन अफ रेड क्रस एन्ड रेड क्रिसेन्ट सोसाइटीका तामेर रमजानले भन्नुभयो ।

रमजानले भन्नुभयो, “हामी हाम्रो स्वतन्त्र सूचना स्रोतबाट हराइरहेका व्यक्तिको संख्या अहिलेसम्म १० हजार भन्दा बढी भएको पुष्टि गर्दछौं ।”

लिबियाको पूर्वी क्षेत्रमा सहायता समूह नर्वेजियन रिफ्यूजी काउन्सिलले बाढीका कारण पूरै गाउँ डुबेको र मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको जनाएको छ ।

“लिबियाका समुदायले वर्षौंदेखि द्वन्द्व, गरिबी र विस्थापन सहनुपरेको छ । पछिल्लो विपत्तिले यी मानिसहरूका लागि स्थितिलाई अझ बिगार्नेछ । अस्पताल र आश्रयस्थलहरूको अभाव हुनेछ । AFP