११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापाद्वारा राप्रपा परित्याग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले राप्रपाबाट अलग हुने निर्णय गर्नुभएको छ । 

उहाँले आज एक विज्ञप्ति जारी गर्दै पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर आफ्नो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भए पनि आफ्ना कुराको सुनुवाई नहुने भएपछि पार्टीबाट अलग हुने अप्रिय निर्णय लिन बाध्य हुनुपरेको बताउनुभएको छ ।

राप्रपामा रहँदा पार्टीका साथी, सहयोगी र शुभचिन्तकहरुबाट प्राप्त सहयोग, सद्भाव र स्नेहप्रति सदैव आभारी रहने भन्दै उहाँले पार्टीमा रहँदा बिताएका क्षणहरुप्रति सदैव गौरव गरिरहने उल्लेख गर्नुभएको छ । 

उहाँले राप्रपाका कुनै साथीसँग आफ्नो वैरभाव नरहेको समेत स्पष्ट पार्नुभएको छ ।