२७ मंसिर २०८२, शनिबार
,
Latest
विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकदिवसीय वरियतामा पाकिस्तानलाई उछिन्दै अष्ट्रेलिया शीर्षस्थानमा



अ+ अ-

एजेन्सी । अष्ट्रेलिया आईसीसीको एकदिवसीय वरियतामा फेरि पहिलो स्थानमा उक्लिएको छ ।

अष्ट्रेलियाले दोस्रो एकदिवसीय खेलमा दक्षिण अफ्रिकालाई १२३ रनले पराजित गर्दै शीर्ष स्थानमा पुनः कब्जा जमाएको हो । आइतबार डेभिड वार्नर (१०६) र म्यान अफ द म्याच मार्नस लाबुसचेन (१२४) को शतकको मद्दतमा अष्ट्रेलियाले १२३ रनले जित निकाल्दै पाँच खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ ।

अस्ट्रेलियाले आठ विकेट गुमाएर ३८२ रन बनाएको थियो । यो एकदिवसीयमा टोलीको तेस्रो उच्च स्कोर हो । यसपछि अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ४१.५ ओभरमा २६९ रनमा अलआउट गरेको थियो ।

यो जितपछि अष्ट्रेलियाको १२१ रेटिङ अंक छ । जसअनुसार अष्ट्रेलियाले पाकिस्तानलाई पन्छाएर नम्बर एक स्थान सुरक्षित गरेको छ । पाकिस्तानको १२० रेटिङ अंक छ । भारत ११४ रेटिङ अंकसहित तेस्रो स्थानमा छ । यस्तै, न्यूजिल्याण्ड, इंग्ल्याण्ड र दक्षिण अफ्रिका क्रमशः चौंथो, पाँचौं र छैटौं स्थानमा छन् । नेपाल १५ औं स्थानमा छ ।