५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल

एसिया कपः भारत र पाकिस्तानबीचको खेल आज पनि अवरुद्ध भएमा के हुन्छ ?

एसिया कपः भारत र पाकिस्तानबीचको खेल आज पनि अवरुद्ध भएमा के हुन्छ ?
अ+ अ-

एजेन्सी । वर्षाका कारण एसिया कपको रिजर्भ डेमा पनि भारत–पाकिस्तानबीचको खेलमा प्रभाव पर्ने भएको छ । कोलम्बोमा सोमबार बिहानैदेखि अविरल वर्षा भइरहेको छ ।

केही समयअघिसम्म मौसम सफा भए पनि अहिले पानी पर्न थालेको छ । यस्तो अवस्थामा रिजर्भ डेको खेलमा पनि अन्योलको अवस्था छ किनभने यहाँ शतप्रतिशत वर्षा हुने पूर्वानुमान गरिएको छ ।

एक दिनअघि आइतबार राति कोलम्बोको आर प्रेमदासा रंगशालामा यो सुपर–४ खेल भारी वर्षा र भिजेको आउटफिल्डका कारण रोकिएको थियो । आज (रिजर्भ डे)दिउँसो ३ः१५ बजेदेखि खेल सुचारु गर्ने तालिका छ ।

खेल रोकिएको अवस्थाबाट फेरि सुरु हुनेछ । खेल रोकिने बेलामा भारतले २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाएको थियो र यो स्कोरसँगै खेल अगाडि बढ्नेछ ।

रिजर्भ डेको खेलको अवस्था अनुसार आजको खेल ५०–५० ओभरको हुनेछ । तर, के यो खेल आज पूरा होला ? के वर्षा आज पनि बाधक बन्नेछ ? यी प्रश्न फ्यानहरुको मनमा उठिरहेको छ ।

रिजर्भ डे को खेल अवस्था पनि अन्य दिन जस्तै हुन्छ । अम्पायरहरूले पूरा ५० ओभर सञ्चालन गर्ने प्रयास गर्नेछन् । यदि वर्षाले खेल अवरुद्ध भयो भने, कम्तिमा २०–२० ओभरको खेल सञ्चालन गर्ने प्रयास गरिनेछ । खेलको नतिजाका लागि दुवै इनिङ्समा २० ओभर खेल्नुपर्ने हुन्छ । भारतले २० ओभर खेलेको छ । अब यस्तो अवस्थामा पाकिस्तानले पनि २० ओभर पूरा गर्ने प्रयास गर्नेछ ।

मानौँ भारतीय टोलीको इनिङ्सको ४० औं ओभरमा वर्षा सुरु भयो र तीन–चार घण्टापछि रोकियो भने यस्तो अवस्थामा ओभर कटौती हुन थाल्छ । अम्पायरहरूले डकवर्थ लुइस (डीएलएस) नियमको प्रयोग गरी निर्धारित ओभरमा पाकिस्तानलाई लक्ष्य दिनेछन् । मानौं पाकिस्तानले डीएलएस अन्तर्गत ३० ओभरमा केही लक्ष्य प्राप्त गर्छ ।

यदि पाकिस्तानले १५ ओभर मात्र खेले र वर्षाले अवरुद्ध गरेमा खेल हुन सक्दैन । त्यस्तो अवस्थामा २० ओभर खेल्नु पर्ने भएकाले खेल रद्द हुनेछ । त्यसैगरी यदि पाकिस्तानी टोलीले २१ ओभर खेले र त्यसपछि वर्षाका कारण अवरुद्ध भई खेल्न नसकेमा डकवर्थ लुइस नियमको प्रयोग गरी खेलको नतिजा टुंगो लगाइन्छ ।

सुपर फोर चरणको खेल जित्ने टोलीले दुई अंक पाउँछ । साथै, वर्षाले अवरुद्ध भए तथा बराबरीमा रोकिएमा दुवै टोलीले एक–एक अंक बाँड्छन् । पाकिस्तानले सुपर फोरमा यसअघि नै एक खेल जितेको छ । उसले सुपर फोरको पहिलो खेलमा बंगलादेशलाई पराजित गरेको थियो । यस्तो अवस्थामा पाकिस्तानी टोलीले यो खेल जित्यो भने उसको चार अंक हुनेछ र फाइनलमा उसको स्थान लगभग पक्का हुनेछ ।

यसैगरी, वर्षाले खेल अवरुद्ध गरेमा दुवै टोलीले एक–एक अंक बाँडेमा पाकिस्तानको तीन अंक हुनेछ । फाइनलमा पुग्ने उसको दाबी बलियो हुनेछ । अर्कोतर्फ भारतले यो खेल जित्यो भने दुई अंक पाउनेछ । फाइनल पुग्ने उसको दाबी बलियो हुनेछ । भारतले सेप्टेम्बर १२ मा श्रीलंकासँग र १४ सेप्टेम्बरमा बंगलादेशसँग खेल्ने छ ।

वर्षाले खेल प्रभावित बनाएमा भारतले एक अंक पाउनेछ र यस्तो अवस्थामा उसको बाटो कठिन हुनेछ । उसले आफ्ना आगामी दुवै खेल जित्नुपर्नेछ किनभने श्रीलंकाले एक खेलमा जित हासिल गरिसकेको छ ।