५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

सरकारले राष्ट्रिय पुँजीपतिहरुलाई छानिछानि लखेटिरहेको छः ओली

सरकारले राष्ट्रिय पुँजीपतिहरुलाई छानिछानि लखेटिरहेको छः ओली
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले राष्ट्रिय पुँजीपतिहरुलाई छानिछानि लखेटिरहेको आरोप लगाउनुभएको छ ।

मिनबहादुर गुरुङ र यति होल्डिङ्सले राष्ट्रिय पुँजी निर्माणमा योगदान गरिरहेकाले उनीहरुमाथि सरकारले छानिछानि दुःख दिने काम गरेको ओलीको जिकिर थियो । पार्टीको केन्द्रिय सहकारी तथा गरिवी निवारण विभागले आईतवार च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकारले नेतृत्व गरिरहेको माओवादी केन्द्रले त राष्ट्रिय पुँजीको निर्माणमा योगदान दिइरहेका गुरुङ र यति होल्डिङ्सबिरुद्ध गायत्री मन्तर जपेजस्तो जपेर लखेट्ने काम गरिरहेको बताउनु भयो ।

यति होल्डिङलाई खेद्नेहरु दलाल पुँजीवादीहरु भएको भन्दै ओलीले यस्ताहरुको बिरोध गर्न पाउने अवस्था समेत मुलुकमा नरहेको बताउनु भयो । सरकारको गलत कार्यको बिरुद्ध बोल्दा सांसदले समेत समातिनु परेको उल्लेख गर्दे उहाँले भ्रष्टाचार नियन्त्रण गर्ने नाममा दलाल पुँजीवादहरुले मुलुकमा तमासा देखाइरहेको बताउनु भयो । उहाँले धनिपूर्जाको आधारमा जग्गा खरिद गर्ने गुरुङलाई किन समातेको ? भनि सरकारलाई प्रश्न समेत गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिलेको सरकारले राष्ट्रिय उद्योगपति छानीछानी लखेटछ । त्यो मीनबहादुर गुरुङलाई किन समातेको, किन कारबाही गरेको ? ५÷६ जनाले किनिसकेको जमिन, उसले धनिपूर्जा हे¥यो, भएको मान्छेसँग किन्यो त । अनि, सरकारी जमिनलाई आफ्नो बनाउने, आफ्नो बनाउन लाग्ने, आफ्नो बनाउन लगाउने भ्रष्टाचार गर्नेहरु त तिनीहरु हुन नि । ती ठूला कुरा गरेर हिँड्ने । अनि, अर्कोसँग धनिपूर्जा हेरेर मालमा गएर, भूमि सुधारमा गएर पास गरेको होला नि । सरकार अड्डामा गएर पास गरेको होइन ? त्यसरी पास गरेर जग्गा किनेको मान्छे उसलाई किन त्यस्तो ? अनि, के मिनबहादुर गुरुङ भागेर हिँड्थ्यो ? अनि यो सबै सम्पती तिमीहरु खाऊ भनेर छोडेर हिँड्थ्यो ? होइन । त्यो मनाङतिरको होकि मुस्ताङतिरको हो । भारी बोकेर हिँडने, खाली खुट्टा हिँड्ने, त्यो गुरुङ, पूँजी हुने भनेर आँखाले देख्न नसक्ने । यो राष्ट्रिय पूँजीपतिलाई खेद्ने कुरा हो । यति होल्डिङलाई किन खेदेको ? यति होल्डिङलाई खेदनेहरु दलाल पुँजीवादीहरु हुन् । त्यसकारण उनीहरु खेदछन ।

किनभने त्यो राष्ट्रिय पूँजी हो । सोलुको एउटा शेर्पा, भारी बोकेर हिँडथ्यो रे बच्चैदेखि । त्यस्तो शेर्पाले यहाँ आएर हवाईजहाज पनि उडाएको छ । पर्यटन पनि चलाएको छ । होटल पनि चलाएको छ । हेलिकप्टर पनि चलाएको छ । यसो गर्न पाईन्छ ? भारी बोकेर हिँड्ने शेर्पाले । यो त राष्ट्रिय पुँजी बाहेक हुनै सक्दैन । उसले विदेशमा लगेर स्विजरल्याण्डमा जम्मा गर्दैन । ऊसले माल्दिभसमा लादैन, श्रीलंका लादैन । बंगालदेश, भारत लाँदैन । मुम्बईमा होटल छैन । यस्ता देशैमा केही गर्छु भन्ने पनि चलाउन दिइन्छ ? त्यसैकारण यिनीहरु भनेका भन्यै छन् । माओवादीहरु गायन्त्री मन्त्र जप्दैनन् ।

ओम्नी, ओम्नी, ओम्नी, यति, यति, भाटभटेनी, भाटभटेनी, मिनबहादुर, मिनबहादुर गुरुङको छोरोलाई गरिखान दिनु हुँदैन भनेर जपिरहन्छन् । राष्ट्रिय पुँजीपतिहरुलाई छानिछानि लखेटेको छ । त्यसको विरुद्धमा कोही बोल्यो भने एउटा सांसद बोल्यो समातिन्छ । एउटा सचिव टिप्पणी उठाउँदा खेरी बाउ बिरामी भएर उपचारका निम्ति जाँदा प्लेनको सिटबाट तानेर तमासा देखाईन्छ । दलाल पुँजीवादीहरुको तमासा हो यो ।’

अध्यक्ष ओलीले काँग्रेस र माओवादी केन्द्रलाई सहकारीको अर्थ नै थाहा नभएको टिप्पणी समेत गर्नुभयो । काँग्रेस सहकारीको पक्षमा नरहेको र माओवादी केन्द्र सुनजस्तो मोटो रकम जम्मा गर्ने धन्दामा रहेकाले उसलाई त्यसबारे कुनै मतलव नै नभएको ओलीको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘अरु पार्टीहरु खास गरी काँग्रेस र माओवादी । काँग्रेस सैद्धान्तिक हिसावले नै, नीतिगत हिसावले नै सहकारीको पक्षमा छैन । ऊ हुँदैन । अर्कोलाई नीतिको अर्थ नै छैन । माओवादीलाई कुनैपनि नीतिसँग सरोकार छैन । नीतिसिती भन्ने कुरा माओवादी भन्ने पार्टीसँग कुनै सरोकार छैन । उसले फाइदा मात्रै जान्दछ । यो सहकारीको बाटो हिँडेर दिनमा क्वीन्टल क्वीन्टल सुन ल्याएजस्तो फाईदा के छ उसलाई । उसलाई त थोकमा ढ्याकढयाक फाइदा चाहियो । यसो हेर्दा पनि टिलिक्क टल्कने फाइदा चाहियो । मोटोमोटो रकममा फाइदा चाहियो । ऊ यस्ता खुद्रा कुरामा अल्झिने जात नै होइन । त्यसकारण माओवादीको नीति बेग्लै छ । ऊ सहकारी जान्दैन । मतलव छैन । र, काँग्रेस नीतिगत रुपमा नै यसमा छैन । यसका पछाडि राजनीतिमा पनि दुई प्रकारको छ । उहिल्यै देखि एउटा राष्ट्रिय राजनीति । अर्को निर्देशित राजनीति । एउटा राष्ट्रिय राजनीति, अर्को दलाल राजनीति । आदेखि होइन, उहिल्यैदेखि । एउटा राष्ट्रिय पुँजी छ, अर्को दलाल पुँजी छ । एउटा राष्ट्रिय नीति छ, अर्को दलाल नीति छ । दलाल पुँजीवाद भनेको पुँजीमा मात्रै हुँदैन । एउटा राष्ट्रिय सांस्कृतिक नीति हुन्छ । अर्को, दलाल सांस्कृतिक नीति हुन्छ । एउटा राष्ट्रिय संस्कृति, अर्को दलाल संस्कृति । त्यसकारण राष्ट्रिय भन्ने हाम्रो कित्ता हो । अरुको कित्ता दलाल ।’

अध्यक्ष ओलीले बैंकहरुले गरिवका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि पनि व्यक्त गर्नुभयो । ठूला पुँजिपतिहरुलाई खोजेर अर्बौं लगानी गर्ने बैंकहरुले अझै पनि गरिवलाई भने ऋण दिँदै नदिएको अध्यक्ष ओलीले बताउनु भयो । उहाँले साना बैंक तथा वित्तिय संस्थाले बाख्रा पालन जस्ता व्यवसायको लागि दिएको लगानी पनि मुनाफा नभएपछि डुब्ने गरेको स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले गरिवलाई पनि बैंकहरुले कुनै व्यवसाय गर्नका लागि सिड मनिको रुपमा ऋण प्रवाह गर्नुपर्ने बताउनु भयो । सहकारी संस्थाहरुसँग सरकारले पनि सहकार्य गरेर अघि बढनुपर्ने उहाँले बताउनु भयो ।

ओलीले भन्नुभयो, ‘बैंकहरुले कि त अहिलेजस्तै ठूलाठूला पूँजीपति खोजेर लगानी गर्ने, तल साँच्चै जसलाई ऋण चाहिएको छ, उस कहाँ बैंकको ऋण पुग्दैपुग्दैन । जो अर्बपति छ, उसँग मात्रै ऋण पुग्छ । ठूलाकोमा ऋण नपुगोस् भन्ने होइन । ठूलो उद्योगका लागि त्यो पनि आवश्यक छ । ठूला उद्योग, ठूला व्यवसाय सञ्चालन पनि गर्नुपर्छ । त्यसकारण ठूलाका लागि पनि आवश्यक छ । तर त्यहाँ मात्रै होइन । गरिवका, जहाँ सिड मनि छैन । जहाँ व्यवसाय शुरु गर्नका लागि केही छैन । हो त्यस्तो ठाउँमा लोनको व्यवस्था हुनुपर्छ । त्यस्तो ठाउँमा माईक्रो फाइनान्स पुग्यो भने पनि बिल्कुल इन्डिभिजियोल कहाँ पुग्छ । त्यसबाट मुनाफा हुँदैन । ’

अध्यक्ष ओलीले राष्ट्रिय अर्थतन्त्रको निर्माणको सबैभन्दा महत्वपूर्ण माध्यम सहकारी हुने भएकाले त्यसको विकासमा लागि सरकारलाई पनि सचेत गराउनु भयो ।