९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस एकजुट हुनुको विकल्प छैनः नेता डा कोइराला



फाईल फोटो
अ+ अ-

रामेछाप । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले देश निर्माणमा नेपाली कांग्रेस एकजुट भएर अगाडि बढ्नुको कुुनै विकल्प नरहेको बताउनुभएको छ ।

कांग्रेस रामेछापले मन्थलीले एक सय १० औँ बिपी जन्मजयन्तीको अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले गुटकै कारण पार्टी कमजोर भएको स्वीकार्दै कांग्रेस पाटी बिना गुट र बिना साहारा एक्लै लड्न तयार रहनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “परिवर्तनका लागि लामो इतिहास बोकेको कांग्रेस विचारकै कारण उत्कृष्ट पार्टी रहेको र यसको कार्यान्वयनमा सबै नेता कार्यकर्ता इमान्दार हुनुपर्दछ । म अठोटका साथ भन्छु, कांग्रेसले एकजुट भएर आफ्नो विचारका आधारमा अगाडि बढेमा कुनै पनि शक्तिले कहिलै पनि हराउन सक्दैन ।’’
अहिले कांग्रेसको केन्द्रदेखि जिल्ला तहसम्म गुट र उपगुट रहेको बताउँदै नेता कोइरालाले त्यसलाई अधिवेशनमा मात्रै उपयोग गर्नुपर्ने र पार्टीको अधिवेशन सकिएपछि सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

अर्को प्रसङ्गमा नेता कोइरालाले कार्यकर्ताले आवश्यकता महसुस गरे आफूले आगामी महाधिवेशनमा सभापति पदमा उमेदवारी दिने सङ्केत पनि दिनुभयो । दशैँ लगतै आफू कार्यकर्ताको चाहना बुझ्न देश दौडाहामा जाने र सो क्रममा कार्यकर्ताले गरेको मूल्याङ्कनका आधारमा १५औँ महाधिवेशनमा सभापति पदमा उमेदवारी दिन चाहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

कांग्रेसको शक्ति भनेको बिपीको विचार भएकाले पार्टी यो विचारबाट विचलित हुन नहुने उहाँको भनाइ छ । बिपीले ७० वर्ष अगाडि दिएको विचारबाट पार्टी विचलित नभएको खण्डमा मुलुकका सबै शक्ति मिले पनि कांग्रेसलाई केही असर नहुने पनि कोइरालाले ठोकुवा गर्नुभयो ।

उहाँले कोशी प्रदेशमा कांग्रेस संसदीय दलका नेतालाई मुख्यमन्त्रीका लागि परमादेश गरेर सर्वोच्च अदालतले गलत काम गरेको पनि बताउनुभयो । राजनीति भनेको राजनीतिज्ञले गर्ने विषय भएको र सबै कुरामा सर्वोच्चलाई समावेश गर्ने परिपार्टीले मुलुकमा राजनीतिक खतरा बढाएको पनि कोइरालाको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘राजनीतिक पार्टीहरूले एकआपसमा छलफल गरेर समस्याको समाधान निकाल्नका लागि पनि सुझाव दिनुभयो । राजनीति भनेको राजनीतिज्ञले गर्ने हो, सर्वोच्चले होइन ।’’ तत्कालीन समयमा केपी ओलीको सरकारलाई पनि परमादेशको माध्यमबाट हटाउनु पनि गलत पूर्ण निर्णय भएको पनि नेता कोइरालाले बताउनुभयो ।

कोइरालाले आफू धार्मिक स्वतन्त्रताको पक्षपाति भएको भन्दै मुलुकमा धार्मिक स्वतन्त्रता आवश्यक रहेको पनि बताउनुभयो । रासस