२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टस जितेर पाकिस्तानले बलिङ रोज्यो



अ+ अ-

एजेन्सी । एसिया कपको सुपर फोर अन्तर्गत पाकिस्तानले भारविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । कोलम्बोस्थित आर प्रेमदाशा मैदानमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।

भारत र पाकिस्तानबीचको खेल ३ः१५ मा सुरु हुनेछ । आज पनि यहाँको मौसममा बदली भई वर्षा हुने सम्भावना अधिक छ ।

यसै कारण यदि वर्षाका कारण खेल हुन नसकेमा भोलिका लागि ‘रिजर्भ डे’ राखिएको छ । रिजर्भ डेमा पनि नतिजा नआएमा दुवै टोलीले एक–एक अंकमा चित्त बुझाउनुपर्नेछ ।

विशेष कुरा के छ भने सुपर फोरको यही खेलमा मात्रै रिजर्भ डे राखिएको छ । साथै, फाइनल खेलमा पनि रिजर्भ डे हुनेछ ।

पाकिस्तानले सुपर फोर अन्तर्गत पहिलो खेलमा बंगलादेशलाई सात विकेटले पराजित गरेको थियो । भारत भने सुपर फोर पहिलो पटक खेल्दैछ ।

समूह चरण अन्तर्गतको खेलमा यी दुईबीच विजेताको टुंगो लाग्न सकेन । वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले एक–एक अंकमा चित्त बुझाएका थिए ।

सुपर फोरमा पाकिस्तान, श्रीलंका, भारत र बंगलादेश रहेका छन् । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । लगातार दुई खेलमा पराजित बंगलादेश प्रतियोगिताबाट लगभग बाहिरिएको छ भने नेपाल र अफगानिस्तान समूह चरणबाटै बाहिरिएका थिए ।