५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल

भारत र पाकिस्तानबीचको खेलमा बन्नसक्ने ५ रेकर्डहरु

भारत र पाकिस्तानबीचको खेलमा बन्नसक्ने ५ रेकर्डहरु
अ+ अ-

एजेन्सी । एसिया कप क्रिकेट अन्गर्तत सुपर फोरमा आज भारत र पाकिस्तानबीच खेल हुँदैछ । दुई चीरप्रतिद्वन्द्वीबीचको खेल कोलम्बोस्थित आर प्रेमदाशा मैदानमा दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।

यी दुई टोली चालू सिजनमा दोस्रो पटक आमनेसामने हुँदैछन् । पछिल्लो खेल वर्षाका कारण नतिजाविहीन भएको थियो । यस्तो अवस्थामा यस खेलको लागि रिजर्भ डे पनि राखिएको छ । आजको यस खेलमा ५ कीर्तिमान तोडिन सक्नेछन् ।

१. जडेजा एसिया कपमा भारतका सर्वाधिक विकेट लिने बलर बन्न सक्छन्


भारतीय स्पिनर रविन्द्र जडेजाले यो खेलमा थप एक विकेट लिएसँगै एकदिवसीय एसिया कपमा भारतका सर्वाधिक विकेट लिने बलर बन्नेछन् । उनी यस प्रतियोगितामा भारतका लागि सर्वाधिक विकेट लिने बलरमा इरफान पठानसँग बराबरीमा छन् । दुबैको नाममा समान २२ विकेट छन् ।

२. कोहलीले सबैभन्दा कम इनिङ्समा १३ हजार रन बनाउन सक्छन्


भारतका दिग्गज ब्याट्सम्यान विराट कोहलीले आफ्नो एकदिवसीय करियरमा १३ हजार रन पुरा गर्न सक्नेछन् । कोहलीको नाममा १२९०२ रन छ । यो खेलमा ९८ रन बनाएपछि कोहलीले आफ्नो २६७ औं इनिङ्समा १३ हजार रन पूरा गर्नेछन् ।

योसँगै उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा कम इनिङ्समा १३ हजार रन बनाउने ब्याट्सम्यान बन्नेछन् । हाल यो रेकर्ड सचिन तेन्दुलकरको नाममा छ, जसले ३२१ इनिङ्समा १३ हजार रन पुरा गरेका थिए ।

यति मात्र होइन, कोहली एकदिवसीयमा १३ हजार रनको आँकडा छुने विश्वका पाँचौं ब्याट्सम्यान बन्नेछन् । सचिनपछि यस्तो गर्ने उनी दोस्रो भारतीय ब्याट्सम्यान हुनेछन् । सचिनले ४६३ खेलमा १८ हजार ४२६ रन जोडेका छन् ।

३. बाबर आजमलाई सइद अनवरसँग बराबरी गर्न एक शतक टाढा


पाकिस्तानी ब्याट्सम्यान बाबर आजमले आज पाकिस्तानी महान खेलाडी सईद अनवरसँग बराबरी गर्ने मौका पाएका छन् । पाकिस्तानका लागि सईद अनवरले सर्वाधिक २० शतक प्रहार गरेका छन् । बाबरको नाममा १९ औं शतक छ ।

आज शतक बनाएपछि बाबरले एकदिवसीयमा २० शतक पनि पूरा गर्नेछन् । उनले पाकिस्तानका लागि सबैभन्दा छोटो खेलमा पनि यो कीर्तिमानी बनाउनेछन् । बाबरले हालसम्म १०६ खेल मात्र खेलेका छन् भने अनवरले २०० खेलपछि २० ओडीआई शतक बनाएका थिए ।

४. इमाम सबैभन्दा छिटो ३ हजार रन बनाउने पाकिस्तानी ब्याट्सम्यान बन्न सक्छन्


इमाम उल हकसँग पाकिस्तानका लागि एकदिवसीयमा सबैभन्दा छिटो ३ हजार रन पूरा गर्ने मौका छ । हाल उनको नाममा ६४ इनिङ्समा २९६७ रन छन् । यसको मतलब इमामले यो खेलमा थप ३३ रन मात्र बनाउनु पर्नेछ । यसअघि फखर जमानले ६७ इनिङ्समा ३ हजार रन पुरा गरेका थिए ।

यस मामिलामा उनी दक्षिण अफ्रिकाका लिजेन्ड हसिम अमलापछि दोस्रो स्थानमा पुग्नेछन् । अमलाले ५७ इनिङ्समा ३ हजार रन पूरा गरेका थिए ।

५. जडेजा २०० विकेट पूरा गर्न ३ विकेट टाढा


रविन्द्र जडेजासँग एकदिवसीय क्रिकेटमा विकेटबाट दोहोरो शतक बनाउने मौका छ । यसका लागि उनीलाई जम्मा ३ विकेट चाहिन्छ । हाल उनको नाममा १९७ विकेट छ । उनीअघि भारतका ६ बलरले मात्रै एकदिवसीय क्रिकेटमा २०० विकेटको आँकडा पार गर्न सकेका थिए ।

अनिल कुम्बले एकदिवसीयमा ३३७ विकेट लिएर शीर्ष स्थानमा छन् । उनी बाहेक जवागल श्रीनाथ, अजित आगरकर, जाहिर खान, हरभजन सिंह र कपिल देवले मात्रै एकदिवसीयमा २०० विकेट लिन सकेका छन् ।