३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा भ्रमणमा रहेका एमाले टोलीले गरे माओत्सेतुको समाधिस्थल अवलोकन



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता तथा नयाँ जनवादी क्रान्तिका नेता अध्यक्ष माओत्सेतुको समाधिस्थल अवलोकन गर्नुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनमा भ्रमणमा रहनुभएका उहाँले उच्चस्तरीय प्रतिनिधि मण्डलसहित आज बिहान बेइजिङस्थित समाधिस्थल पुगेर माओत्सेतुको समाधिस्थल अवलोकन गर्नुभएको एमाले प्रचार विभाग सदस्य राजेश राईले जानकारी दिनुभयो ।

महासचिव पोखरेलले शनिबार चिनियाँ कम्युनिष्ट पार्टीको सङ्ग्रहालयको अवलोकन गर्नुभएको थियो । महासचिव पोखरेलसहित पार्टीका उच्चस्तरीय टोली यही भदौ १६ गते पार्टीको चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन गएको हो । रासस