५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्वहरु अहिले पनि क्रियाशील छन्ः ओली

मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्वहरु अहिले पनि क्रियाशील छन्ः ओली
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्वहरु अहिले पनि क्रियाशील रहेको बताउनुभएको छ ।

जात/जात, वडा/वडा, पालिका/पालिका मिलेर बसेको देख्न नसक्नेहरुले मुलुकमा साम्प्रदायिक विद्वेष फैल्याउने काम गरिरहेको ओलीको भनाई थियो । तिजको अवसर पारेर पार्टी निकट महिला संगठन अखिल नेपाल महिला संघ, मध्यपुर थिमी नगर कमिटीले शनिवार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले हाम्रा चाडपर्वहरुसँग ठ्याक्कै मेल नखाने गतिविधि हुनु सुखद् नभएको पनि बताउनु भयो ।

अध्यक्ष ओलीले हाम्रा चाडपर्वको अर्थ सामाजिक सदभाव कायम गर्नु रहेको उल्लेख गर्दै त्यसले सबै समुदायमा निकटता ल्याउने माध्यामको रुपमा काम गरिरहेको पनि स्मरण गराउनु भयो । तिज पर्वले महिलाहरुमा सबैभन्दा बढी खुशीयाली ल्याएको भन्दै उहाँले त्यसो हुनु सबैका लागि खुशीको कुरा भएको पनि बताउनु भयो ।

ओलीले भन्नुभयो, ‘हाम्रो हरेक चाडका पछाडि विशेष अर्थ, विशेष महत्व छ । त्यसको एउटा धार्मिक पक्ष होला । धार्मिक पक्षको रुपमा त्यसलाई विकास गरिएको होला । एउटा परम्परागत हिसावले विकास गरिएको होला । अर्को चाडपर्वको रुपमा विकास गरिएको होला । यसको अन्ततर्य चाही के हुन्छ, सारतत्व चाहीँ के हुन्छ ? भन्ने सामाजिक सुप्रबन्धलाई, सामाजिक व्यवस्थालाई अझ राम्रो बनाउनु हो । दशैँको अर्थ पनि त्यही हो, तिहारको अर्थ पनि त्यही हो ।

दशैंमा नातागोता, आफन्त मान्यजन कहाँ पुग्नैपर्छ । आर्शिवाद लिनै पर्छ । त्यसकारण ६ महिनाको छुट्टी लिएर घर आउँथे लाहुरेहरु दशैँमा । सबै जातका, सबै थरका, बाटो वारीका, बाटो पारीका, खोला वारीका, खोला पारीका, डिल वारीका, डिल पारीका, एउटा वडाका, अर्को वडाका, एउटा पालिका र अर्को पालिकाका मान्छेहरुसँगै बसेर किन रमाएको होलान् । यसमा पीर गर्नेहरु पनि छन अहिले । र, साम्प्रदायिक विद्वेष फैल्याउने तत्वहरु पनि छन । चाडको अर्थसँग त्यस्ता सोचहरु ठ्याम्मै मिल्दैनन् । किनभने चाडको अर्थ सामाजिक सदभाव कायम गर्नु हो । सामाजिक निकटता कायम गर्नु हो । सबै मिलेर रमाउनु हो । साझा जात्रा, साझा चाड, साझा पर्व, साझा खुशीयाली, साझा उत्सव त्यो मनाउनु हो । हामी त्यसैगरी आज मनाउँदैछौं ।’

अध्यक्ष ओलीले चाडपर्वहरुलाई नेपालीहरुले उत्सवको रुपमा मनाउने गरेको र त्यसले सामाजिक प्रवन्धहरुलाई व्यवस्थित बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको बताउनु भयो ।