५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

महासचिव पोखरेलद्वारा सङ्ग्रहालय अवलोकन

महासचिव पोखरेलद्वारा सङ्ग्रहालय अवलोकन
अ+ अ-

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनको भ्रमणमा रहनुभएका नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको सङ्ग्रहालय अवलोकन गरेको छ ।

सो अवसरमा महासचिव पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले गरेको सङ्घर्ष र असाधारण बलिदानको जगमा उभिएको चीनको गौरवमय वर्तमानलाई नजिकबाट बुझ्न सङ्ग्रहालयले सहयोग गरेको धारणा व्यक्त गर्नुभएको एमाले प्रचार विभाग सदस्य राजेश राईले जानकारी दिनुभयो । महासचिव पोखरेलले सङ्ग्रहालयले चिनियाँ कम्युनिष्ट पार्टीको गौरवमय इतिहासलाई जीवन्त राखेको उल्लेख गर्नुभयो ।

“चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताका अग्रजले छिचोलेर आएको बाटो तथा देखाएको उज्यालोलाई सङ्ग्रहित गरिएको यस सङ्ग्रहालयले इतिहासको सम्झना र अग्रजप्रति सम्मान जगाएको छ”, महासचिव पोखरेलको भनाइ उद्धृत गर्दै सदस्य राईले भन्नुभयो । । महासचिव पोखरेलसहित पार्टीको उच्चस्तरिय टोली यहि भदौ १६ गते चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन गएको हो । रासस