३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

ममता जस्तै जोखिम लिन्छन् वा आफ्नो राजनीतिक सुरक्षित गर्न जस्तो सुकै कूकर्म गर्छन् ?

ममता जस्तै जोखिम लिन्छन् वा आफ्नो राजनीतिक सुरक्षित गर्न जस्तो सुकै कूकर्म गर्छन् ?
अ+ अ-

काठमाडौं । केहि महिना देखि छिमेकी राष्ट्र भारतको पाँच प्रान्तीय राज्यको निर्वाचनलाई नजिकवाट हेरी गहिरो अध्यन गरीरहेको थिए। पाँच प्रान्तीय राज्यको निर्वाचन मध्य सारा भारतको र विश्वको चासो पश्चिमबंगाल  तिर रहेको थियो । किन भने सन् २०१६ मा भएको विधान सभाको निर्वाचनमा ३ सिट मात्र जितेको भारतीय जनता पार्टीले सन् २०१९ मा भएको लोकसभाको निर्वाचनमा ४२ सिट मध्ये १८ सिट जितेर तहल्का मच्चाएको थियो ।

हालै सम्पन्न निर्वाचनमा भारतयि संचार माघ्यमका अनुसार भारतीय जनता पार्टीले आफ़नो सारा शक्ति बंगाल चुनावमा केन्द्रित गरिरहेकै वेला वर्तमान मुख्यमन्त्री ममता बनर्जीका अत्यन्त विश्वास पात्र ठानिएका नंदीग्राम निर्वाचन क्षेत्र का विधायक तृणमूल कांग्रेसका दोश्रो वरिष्ठ नेता एवं मुख्य मन्त्री ममता बनर्जी मन्त्रीमण्डलमा मन्त्री शुभेंदु अधिकारी लगायतले वगावत गरी भारतिय जनता पार्टी प्रबेश गरी मुख्य मन्त्री बनर्जी लाई नै नंदीग्राम विधानसभा सिटमा लड्न चुनौती दिए।

मुख्य मन्त्री बनर्जीका लागी यो भन्दा ठूलो राजनीति संकट कहिले देखिएको थिएन।भनिंन्छ, करिब ४५ बर्ष अगाड़ी बंगाल राज्यका तत्कालीन कम्युनिस्ट पार्टीका नेता एवं मुख्यमंत्रीलाई भेटन कलकत्ता स्थित रोईटर्स बिल्डिंग (मुख्य मन्त्री निवास) मा भेटन जादा सुरक्षाकर्मी वाट दुरब्यबहार भए पछि राजनीतिमा आएकी  मुख्य मन्त्री  बनर्जीले पार्टी नेता एवं कार्यकर्ताहरूले आफ़नो सुरक्षित क्षेत्र भवानीपूर वाट नै लड्न आग्रह गर्दागर्दै पनि  शुभेंदु अधिकारीले दिएका चुनौतीलाई सहर्ष  स्बीकार गरिन् । किनभने तृणमूल कांग्रेस र ममता बनर्जी स्वयमको राजनीतिकको उठान सन् २००७ मा सिंगुर, नंदीग्राममा टाटा कम्पनीले न्यानो कार उत्पादनको लागी तत्कालीन कम्युनिस्ट सरकारले किसानहरूको ज़मीन अधिकरण गर्ने भएपछि किसानको पक्षमा जवरजस्त आन्दोलन बाठ उठेको थियो ।  

यो आन्दोलनमा सयौ किसान मारिए।आखिर सिंगुर, नंदीग्राममा टाटा कम्पनीले न्यानो कार उत्पादनको योजना रद्द गर्नु पर्यो।त्यस घटना पछि २००९ मा भएको लोकसभा निर्वाचनमा तृणमूल कांग्रेसले प्रचण्ड शिट लियो र सन २०११ मा भएको विधानसभा निर्वाचनमा तृणमूल कांग्रेसले २९४ सिट मध्य २२१ सिट जितेर ३४ बर्ष देखि शासनमा रहेको कम्युनिस्ट सरकारका अन्तिम मुख्यमंत्री बुद्धदेव भट्टाचार्यको सरकार ढाली बनर्जी पहिलो महिला मुख्यमंन्त्री बनिन।

सन् २०१६ को बिधानसभा निर्वाचनमा २११ सिट सहित हालसम्म शासन गर्दै आएकी छिन्। उनले आफू सुरक्षित ठाउँबाट लड्दा पार्टी पराजित हुन सक्ने प्रबल सम्भावना देखिन, किनभने आफ़नी प्रभाव क्षेत्र रहेको ताकतवर नेता भारतिय जनता पार्टी प्रवेश गरेपछि आफू जित्न भंदा पार्टी जिताऊँन ठूलो झोखिम लिईन र भनिन, “भूल सकती हूँ मेरा नाम भूल नहीं सकती नंदीग्राम”। उनले बंगालको संस्कृति र सम्मानलाई प्रमुख मुद्दा बनाए।उनी बंगालमा “स्ट्रीट फाइटर” र “दिदी” को नामले प्रख्यात छिन।

भारतीय राजनीतिक विश्लेषकहरू तृणमूल कांग्रेस र भारतिय जनता पार्टी बीच कडा टक्कर हुने र तृणमूल कांग्रेस हार्न पनि सक्ने अनुमान लगाईरहेका थिए। अन्तत पछिल्लो मतगणनाको परिणाम अनुसार ममता बनर्जीको तृणमूल कांग्रेसले २९२ सिटमा भएको परिणाममा मध्य प्रचण्ड बहुमत २१६ सिटमाबिजयी भएको छ । तर बनर्जी भने नंदीग्रामवाट पराजित भएकी छिन् । पहिला १२०० मतले जितेको भनिएको तर केहीबेर पछि १९५६मतले हारेको भनिएकोले पुनः मत गणनाको लागि अनुरोध गरेकी खबर छ।

तृणमूल कांग्रेसमा एकक्षत्र प्रभाव राख्ने पार्टी सुप्रीमो उनले आफ्नो भन्दा पार्टीको सफलतालाई प्राथमिकता राखे।भारतमा उनको यस शाहसिक निर्णयको उच्च सम्मानका साथ हेरिएको छ। मेरो भारतीय राजनीतिको आन्तरिक मामलामा भन्नु केही छैन। यो सुद्ध भारतीय जनताले रोज्ने कुरा हो तर मैले भन्न खोजेको के भने, के हाम्रा नेताहरूले मुलुक, लोकतन्त्र र पार्टीको लागि ममता जस्तै जोखिम लिन्छन् वा आफ्नो राजनीतिक सुरक्षित गर्न जस्तो सुकै कूकर्म गर्न तयार हुन्छन् ? यो प्रश्न को उत्तर आमजनता खोज्दै छन्। थकाली पूर्वमन्त्री एवं नेपाली काग्रेसका नेता हुनहुन्छ ।