९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र म्यानमारको बराबरी



अ+ अ-

काठमाडौँ । नेपालले मैत्रीपूर्ण फुटबलमा म्यानमारसँग गोलरहित बराबरी खेलेको छ । म्यानमारको याङ्गोनस्थित थुवुन्ना स्टेडियममा सम्पन्न खेलमा नेपाल पेनाल्टीमा चुक्दा गोलरहित बराबरीमा रोकिएको हो ।

खेलको ५८ औं मिनेटमा नेपालले पाएको पेनाल्टी म्यानमारका गोलकिपर क्यान सजिन फियोले विफल पारे । नेपालका लागि अञ्जन विष्टले पेनाल्टीमा गोल गर्न सकेनन् ।

पहिलो हाफमा दुवै टिमले केही मौका बनाए पनि दुवै टिमले गोल गर्न सकेका थिएनन् । म्यानमारसँग यसभन्दा अघि नेपालले २ खेल खेल्दै दुवै खेलमा हार बेहोरेको थियो ।

त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड जिलेस्पी जंग कार्कीले राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गरेका छन् । फिफा वरीयतामा म्यानमार हाल १६० औँ र नेपाल १७५ औँ स्थानमा छन् । दोस्रो मैत्रीपूर्ण खेल सोमबार हुनेछ ।