२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री अमेरिकाबाटै चीन भ्रमणमा जाने कुरा प्राविधिक विषय हो: सरकार



file
अ+ अ-

काठमाडौँ । सरकारले प्रधानमन्त्री अमेरिकाबाटै चीन भ्रमणमा जाने कुरा प्राविधिक पाटो भएको बताएको छ ।

शुक्रवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै सरकारका प्रवक्ता रेखा शर्माले यस्तो बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्रीज्युले अमेरिका भ्रमण गर्ने र च्यसपछि चीन भ्रमण गर्ने भन्ने विषय टुंगिसकेको बताउनु भयो । उहाँले अमेरिकाबाटै चीन जाने कुरा नितान्त भ्रमणको विषय भएकाले अन्यथा नबुझ्न आग्रह गर्नुभयो । उहाँले भ्रमण कुन उद्देश्यमा पुग्ने भन्नेमात्रै रहेको भन्दै रुटको कुरा प्राविधिक विषय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्युले अमेरिका भ्रमण गर्ने र च्यसपछि चीन भ्रमण गर्ने भन्ने विषय टुंगिसकेको छ । तयारीका सम्बन्धमा हाम्रो आफ्नै सिस्टम छ, त्यो सिस्टमअनुसार परराष्ट्रले अन्य मन्त्रालयहरुसँग सम्बन्धित निकायसँग कोर्डिनेशन गरेर एजेण्डाका विषयमा तयारी भइरहेका छन् । अर्थ र परराष्ट्र मन्त्रालयबाट यसलाई अन्तिम टुंगो लगाउने प्रक्रिया शुरु भएको छ । द्विपक्षीय कुरा भएकाले हाम्रा मात्रै कुरा पनि भएन, द्विपक्षीय रुपमा नै यसको स्वीकृति प्रदान भइसकेपछि एजेण्डा अघि बढ्नेछन् ।

कतिपय कुरा ध्यानाकर्षण गराउने ढंगले लैजानेछौँ । अमेरिकाबाटै चीन जाने भन्नेकुरा राम्रो होइन भन्ने छ, के मान्ने र त्यसलाई त ? यो भ्रमणको कुरा हो, उद्देश्यमा पुग्ने कुरा हो । कहाँबाट कुन बाटो पर्‍यो भन्नेकुरा प्राविधिक कुरा हो । त्यसमा धेरै चर्चा परिचर्चा आवश्यक छैन । उहाँहरुले कुन ढंगबाट उठाउनु भयो, सकारात्मक ढंगबाटै उठाउनु भयो भन्ने बुझौँ । बाटो, रुट कुन अपनाइयो भन्नेकुरा प्राविधिक कुरा हो । यसमा कुनै नियत, विषयवस्तु छैन ।’

प्रवक्ता शर्माले प्रधानमन्त्रीको अमेरिकाबाटै चीन भ्रमण जाने विषयवस्तुलाई लिएर धेरै चर्चा, परिचर्चाको आवश्यक नरहेको बताउनु भयो ।