• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

धोनीले डोनाल्ड ट्रम्पसँग खेले गल्फ



एजेन्सी । महेन्द्र सिंह धोनी आफ्नो परिवारसँग छुट्टी मनाउन अमेरिकामा छन् । बिहीबार अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको लागि गल्फ म्याच आयोजना गरेका थिए । दुवैले करिब एक घण्टा खेल खेले ।

धोनी–ट्रम्पको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि धोनीलाई प्रायः गल्फ खेलिरहेको देखिन्छ ।

धोनी सेप्टेम्बर ७ मा भारतीय समय अनुसार दिउँसो १२ बजे अल्कारेज र अलेक्जेन्डर ज्वेरेभबीचको युएस ओपनको क्वार्टरफाइनल खेल हेर्न पनि आएका थिए । यसको भिडियो र फोटो पनि भाइरल भएको थियो ।

धोनी आफ्ना केही साथीहरूसँग अल्कारेजको पछाडि बसेका थिए । अफिसियल ब्रोडकास्टरले पनि धोनीको भिडियो आफ्नो सोशल मिडिया ह्यान्डलमा सेयर गरेको छ । भिडियोमा धोनी केही मानिससँग कुरा गर्दै हाँसेको देखिएका छन् ।

धोनीले आफ्नो कप्तानीमा चेन्नई सुपर किंग्सलाई ५ पटक आईपीएल उपाधि जिताएका छन् । उनको कप्तानीमा चेन्नई सुपर किंग्सले २०२३ को सिजन समेत जितेको थियो । आईपीएलमा चेन्नईको यो पाँचौं उपाधि हो । धोनीले सन् २०२० को अगस्ट १५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । अहिले उनी आईपीएलमा चेन्नईबाट मात्र खेलिरहेका छन् ।