९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार

तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने सरकारको निर्णय

तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने सरकारको निर्णय
अ अ+ अ-

काठमाडौँ । सरकारले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकका निर्णय शुक्रवार सार्वजनिक गर्दैसरकारका प्रवक्ता रेखा शर्माले सरकारले सो निर्णय गरेको बताउनुभएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहनुभएका शर्माले सरकारले स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत अधिकृत स्तरका जम्मा ३० पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै जनवादी गणतन्त्र चीनको बेइजिङमा मिति २०८० भदौ २६ देखि २९ आयोजना हुने नेपाल—चीन संयुक्त व्यापारको दोस्रो बैठकमा सहभागी हुनका लागि सचिव मधुकुमार मरासिनीको संयोजकत्वमा ५ सदस्यीय प्रतिनिधि मण्डल गठन गर्ने, पञ्चेश्वर विकास प्राधिकरणमा नेपालको तर्फबाट २०८१ जेठ २८ सम्मका लागि प्रमुख कार्यकारी अधिकृत पदमा सहसचिव मधुप्रसाद भेटुवाल, कार्यकारी निर्देशक प्रशासन पदमा सहसचिव दीपक लामिछाने,कार्यकारी निर्देशक वातावरण पदमा सहसचिव श्रीराम गोपाल खरबुजा र कार्यकारी निर्देशक कानून पदमा सहसचिव इन्दिरा दाहाल भट्टराईलाई खटाउने, न्याय सेवा आयोगको सिफारिसमा सहसचिव फडेन्द्र गौतमलाई न्याय सेवाको राजप्रतात्राकित विशिष्ट श्रेणिमा बढुवा गरी सत्य निरुपन तथा मेलमिलाप आयोगको सचिव पदमा पदस्थापन गर्ने, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव उदयबहादुर राज सापकोटालाई कानून न्याय र संसदीय मन्त्रालयको सचिव पदमा, नेपाल कानून आयोगका सचिव लिलादेवी गड्तौला निरौलालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को सचिव पदमा र सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानून आयोगको सचिव पदमा सरुवा गरेको छ ।

त्यस्तै खानेपानी मन्त्रालय अन्तर्गत सञ्चालित आयोजनाहरुमा आर्थिक वर्ष २०८०/८१का लागि अधिकृत स्तरका २३९ अस्थायी दरबन्दी स्वीकृत गर्ने, भौतिक मन्त्रालयको प्रस्तावमा चिनको बेजिङमा आगामी असोज ८ देखि ९ सम्म आयोजना हुने ग्लोवल सस्टेनेवल ट्रान्सपोट फोरम २०२३ विषयक कार्यक्रम भौतिक पूर्वाधार तथा यातायात राज्य मन्त्री नन्द चापाईंलाई सहभागि हुन स्वीकृति दिने निर्णय भएको छ । त्यस्तै सरकारले माथिल्लो दरौदी सि साना जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरू निर्माण गर्न गोरखा जिल्लाको राष्ट्रिय वन क्षेत्रको कूलजम्मा ४.९२४ हेक्टर जग्गा पच्चिस वर्षसम्म प्रयोग गर्न दिने तथा सो वन क्षेत्रमा रहेका रुखहरू हटाउन स्वीकृति दिने, चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत आयोजनाहरूको लागि आ.व. २०८०/०८१ का लागि अधिकृतस्तरका १० अस्थायी दरबन्दी स्वीकृत गर्ने, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको लागि कुल ३१ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको मन्त्री शर्माले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत अधिकृत स्तरका जम्मा ३० पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने । जनवादी गणतन्त्र चीनको बेइजिङमा मिति २०८० भदौ २६ देखि २९ आयोजना हुने नेपाल—चीन संयुक्त व्यापारको दोस्रो बैठकमा सहभागी हुनका लागि सचिव मधुकुमार मरासिनीको संयोजकत्वमा ५ सदस्यीय प्रतिनिधि मण्डल गठन गर्ने ।

पञ्चेश्वर विकास प्राधिकरणमा नेपालको तर्फबाट २०८१ जेठ २८ सम्मका लागि प्रमुख कार्यकारी अधिकृत पदमा सहसचिव श्री मधुप्रसाद भेटुवाल, कार्यकारी निर्देशक प्रशासन पदमा सहसचिव दिपक लामिछाने,कार्यकारी निर्देशक वातावरण पदमा सहसचिव श्रीराम गोपाल खरबुजा र कार्यकारी निर्देशक कानून पदमा सहसचिव इन्दिरा दाहाल भट्टराईलाई खटाउने ।

न्याय सेवा आयोगको सिफारिसमा सहसचिव फडेन्द्र गौतमलाई न्याय सेवाको राजप्रतात्राकित विशिष्ट श्रेणिमा बढुवा गरी सत्य निरुपन तथा मेलमिलाप आयोगको सचिव पदमा पदस्थापन गर्ने ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव उदयबहादुर राज सापकोटालाई कानून न्याय र संसदीय मन्त्रालयको सचिव पदमा, नेपाल कानून आयोगका सचिव लिलादेवी गड्तौला निरौलालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को सचिव पदमा र सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानून आयोगको सचिव पदमा सरुवा भएको छ ।

खानेपानी मन्त्रालय अन्तर्गत सञ्चालित आयोजनाहरुमा आर्थिक वर्ष २०८०/८१का लागि अधिकृत स्तरका २३९ अस्थायी दरबन्दी स्वीकृत गर्ने ।भौतिक मन्त्रालयको प्रस्तावमा चिनको बेजिङमा आगामी असोज ८ देखि ९ सम्म आयोजना हुने ग्लोवल सस्टेनेवल ट्रान्सपोट फोरम २०२३ विषयक कार्यक्रम भौतिक पूर्वाधार तथा यातायात राज्य मन्त्री नन्द चापाईंलाई सहभागि हुन स्वीकृत प्रदान गर्ने ।

माथिल्लो दरौदी सि साना जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरू निर्माण गर्न गोरखा जिल्लाको राष्ट्रिय वन क्षेत्रको कूलजम्मा ४.९२४ हेक्टर जग्गा पच्चिस वर्षसम्म प्रयोग गर्न दिने तथा सो वन क्षेत्रमा रहेका रुखहरू हटाउन स्वीकृति दिने ।

तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गर्ने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत आयोजनाहरूको लागि आ.व. २०८०/०८१ का लागि अधिकृतस्तरका १० अस्थायी दरबन्दी स्वीकृत गर्ने । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको लागि कुल ३१ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने ।

सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० सङ्घीय संसदमा विधेयक पेस गर्ने । संघीय मामिला तथा सामान्य निजामती सेवा दिवस, २०८० को अवसरमा निजामती सेवाका ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गर्ने । स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने ।’

प्रवक्ता शर्माले सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत आयोजनाहरूको लागि आ.व. २०८०/०८१ का लागि अधिकृतस्तरका १० अस्थायी दरबन्दी स्वीकृत गर्ने, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको लागि कुल ३१ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने, सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० सङ्घीय संसदमा विधेयक पेस गर्ने, संघीय मामिला तथा सामान्य निजामती सेवा दिवस, २०८० को अवसरमा निजामती सेवाका ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गर्ने निर्णय भएको बताउनु भयो ।