५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

मालबाहक ढुवानी सवारीसाधनले मात्रै सामान बोक्न पाउनुपर्छ: यातायात व्यवसायी

मालबाहक ढुवानी सवारीसाधनले मात्रै सामान बोक्न पाउनुपर्छ: यातायात व्यवसायी
file photo
अ+ अ-

काठमाडौँ । यातायात व्यवसायीहरुले प्रयोजन विपरितका सवारी साधनहरुले गरिरहेको मालबाहक ढुवानी तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।

पछिल्लो समय एउटा प्रयोजनको लागि ल्याइएका सवारी साधनहरु मालबाहक वा यात्रुबाहक सवारी साधनको रुपमा प्रयोग बढेको भन्दै त्यस्तो प्रयोग तत्काल रोक्न व्यवसायीहरुले माग गरेका हुन् ।

यातायात व्यवसायीहरुले सरकारले सार्वजनिक यातायात र निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधनहरुमा प्रयोजन अनुसार प्रयोग भए/नभएको जाँच गरी कारबाही गर्न आग्रह गरेका छन् । उनीहरुले निजी प्रयोजनका लागि दर्ता भएको सवारी साधनले प्रयोजन विपरित यात्रा र ढुवानी सेवा दिन नपाउने कानूनी व्यवस्था रहेको बताए । उनीहरुले सार्वजनिक र निजी सवारी साधनको विषयमा स्पष्ट नीति फितलो हुँदा मालबाहक सवारी साधनहरु चल्न नसक्ने अवस्थामा रहेको बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले प्रयोजन विपरित चल्ने सवारी साधनहरुलाई सरकारले कडाई गर्नुपर्ने बताउनु भयो । उहाँले कृषिमा सुविधा लिएर जोत्नको लागि सवारी साधन बनाएकोले कृषिको लागि दर्ता भएको ट्याक्टरले ढुवानी गर्न नपाउने दाबी गर्नुभयो । उपाध्यक्ष सिटौलाले बालुवा, गिट्टी, रड र सिमेन्ट बोक्नको लागि ट्याक्टर प्रयोग भइरहेको भन्दै सरकारले तत्काल रोक्नुपर्ने बताउनु भयो ।

उहाँले निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधनहरुले मालबाहक सवारीका रुपमा ढुवानी गर्न पाउँदैन भनेर महासंघले सबै निकायहरुलाई पत्र पठाएको बताउनु भयो । त्यस्तै उपाध्यक्ष सिटौलाले सरकारले भारतीय मालवाहक सवारी साधनलाई ७२ घण्टाको परमिट सुविधा दिनु गलत भएको बताउनु भयो । उहाँले ७२ घण्टामा त्यस्ता सवारी साधनहरु देश नै घुमिसक्ने भन्दै नेपालमा मालवाहक सवारी साधनहरु घर ग्यारेजमा थन्किनु परेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारले भातीय मालवाहक सवारी साधनलाई ७२ घण्टाको परमिट सुविधा दिएको छ । ७२ घण्टामा देश नै घुमिसक्छ । तर नेपालमा मालवाहक सवारी साधनहरु घर ग्यारेजमा थन्किनु परेको छ । त्यो मात्रै नभएर सार्वजनिक यात्रुवाहक यातायात र ट्याक्सीको हालत त्यही छ । प्रयोजन विपरितको रातो प्लेटको सवारी साधनलाई महासंघमा सदस्यता दिने गरेको थियो त्यो हुँदैन । प्रयोजन विपरित कृषिमा सुविधा लिएर जोत्नको लागि सवारी साधन बनाएको हो । वालुवा गिट्टी रडछड र सिमेन्ट बोक्नको लागि गरिएको होइन । महासंघको विधानबाट हटाउनुपर्छ भनेर हटाएका छौं । महासंघले प्रयोजन विपरितको सवारी साधनले प्रयोजन विपरित यात्रा गर्न पाउँदैन । मालबहाक ढुवानी गर्न पाउँदैन भनेर महासंघले सबै सरकारी निकायहरुलाई पत्र पठाएका छौं ।’

नेपाल यातायात राष्ट्रिय महासंघका कोषाध्यक्ष रामबाबुशिवु तामाङले सार्वजनिक यातायात व्यवसायीहरुलाई राज्यले दुश्मन बनाउने काम गरेको बताउनु भयो । उहाँले यातायात ऐन अनुसार चलाउन राज्यले निदेशन गर्नुपर्ने बताउनु भयो । कार्कीले सप्रमाण सहित प्रयोजन विपरितका सञ्चालन हुने सवारी साधनहरुलाई कारबाही न्युन रहेको भन्दै कडाईका साथ सरकारले कारबाही गर्न माग गर्नुभयो । उहाँले प्रयोजन विपरित चल्ने सवारी साधन रोक्ने गरी सरकारी निकायहरु लाग्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले सार्वजनिक सवारी साधनहरुले रोड परमिटदेखि जाँचपास लिएर हिँड्ने तर जिनी सवारीसँग विलबुक मात्रै हुने भन्दै वार्षिक रुपमा एउटा विषयमा मात्रै कर तिरेर राज्यका विभिन्न भागमा गएर भाडाको काम गर्ने गरेको उल्लेख गर्नुभयो । उहाँले सार्वजनिक यातायातको क्षेत्रमा काम गर्ने व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण फरक रहेको बताउनु भयो। उहाँले निजी प्रयोजनका लागि लिएको सवारी साधन त्यही अनुसार प्रयोग गर्नुपर्ने र अन्यन्त्र लगेर ढुवानी लगायतको काम गरेको भए राज्यले कारबाही गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सार्वजनिक यातायात व्यवसायीहरुलाई राज्यले दुश्मन बनाउने काम गरेको छ । यातायात ऐन अनुसार जुन प्रयोजनका लागि ल्याएको त्यसरी नै चलाउनु पर्छ । सप्रमाण सहित प्रयोजन विपरितका सञ्चालन हुने सवारी साधनहरुलाई कारबाही न्युन हुन्छ । प्रयोजन विपरित चल्ने सवारी साधन रोक्ने गरी सरकारी निकायहरु लागेको छैन ।

जुन रुपमा बिलबुक दिएको हुन्छ । तर हाम्रोमा सार्वजनिक सवारी साधनहरुले रोड परमिटदेखि जाँचपास लिएर हिँड्छौं । तर उहाँहरुसँग विलबुक मात्रै हुन्छ । वार्षिक रुपमा एउटा विषयमा मात्रै कर तिर्ने र राज्यका विभिन्न भागमा गएर भाडाको काम गर्ने गरेका छन् । त्यस्तो काम गर्नुहुन्छ र भनेर भनिन्छ तर सार्वजनिक यातायातको क्षेत्रमा काम गर्ने व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण फरक छ । निजी प्रयोजनका लागि लिएको सवारी साधन त्यही अनुसार प्रयोग गर्नुपर्छ यति अन्यन्त्र लगेर ढुवानी लगायतको काम गरेको भए राज्यले कारबाही गर्नुपर्छ ।’

त्यस्तै, नेपाल यातायात राष्ट्रिय महासंघको मालबाहक समिति सभापति नविन प्रजापतीले नेपालमा दिउँसोको समयमा मालवाहक सवारी साधनहरुलाई सञ्चालनमा प्रतिवन्ध लगाउनु गलत भएको बताउनु भयो । उहाँले मालवाहकका ठूला टिप्परहरु बेलुका ९ बजेबाट बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने व्यवस्था तत्काल खारेज गर्न माग गर्नुभयो ।

तामाङले राज्यलाई बुझाउनुपर्ने कर ३६५ दिन कै बुझाउने तर बेलुका ९ बजेबाट बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने व्यवस्था गैरजिम्मेवार रहेको बताउनु भयो । उहाँले सरकारले उक्त निर्णय तत्काल फिर्ता लिएर विगतको जस्तै व्यवस्था लागू गर्न माग गर्नुभयो । उहाँले सवारी दुर्घटनापछि सरकारको बीमाको नीतिमा ३ लाखसम्म बीमाको पालिसीले कभर गर्ने ३ लाख पछिको औषधि उपचारमा व्यवसायी आफैँले तिर्ने प्रावधान अव्यवहारिक रहेको बताउनु भयो । उहाँले मालबाहक सवारी साधनलाई ट्राफिक प्रहरी र प्रहरीले ओभर लोड भनेर दु:ख दिने काम गरेको भन्दै सहजीकरणको वातावरण बनाउन सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो,‘नेपालमा दिउँसोको समयमा मालवाहक सवारी साधनहरुलाई सञ्चालनमा प्रतिवन्ध लगाएको अवस्था हो । मालवाहकका ठूला टिप्परहरु बेलुका ९ बजेबाट बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाउँछौं । राज्यलाई बुझाउनुपर्ने कर ३६५ दिनकै बुझाउँछौं । बेलुका ९ बजेबाट बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने व्यवस्था गैरजिम्मेवार छ । सरकारले उक्त निर्णय तत्काल फिर्ता लिएर विगतको जस्तै व्यवस्था लागू गर्न माग गर्दछौं । सवारी दुर्घटनापछि सरकारको बीमाको नीतिमा ३ लाखसम्म बीमाको पालिसीले कभर गर्ने ३ लाख पछिको औषधि उपचारमा व्यवसायी आफैँले तिर्न प्रावधान अव्यवहारिक छ । त्यसले करोडौ रुपैयाँसम्म बिरामीको उपचार गर्न लाग्ने अवस्था छ । मालबाहक सवारी साधनलाई ट्राफिक प्रहरी र प्रहरीले ओभर लोड भनेर असाध्यै दु:ख दिने काम गरेको छ ।’

त्यस्तै,दाङ ट्याक्टर व्यवसायी ढुवानी सेवा प्रा.लि.का अध्यक्ष चिन्तामणि आचार्यले सार्वजनिक यातायात र निजी सवारी साधनको विषयमा राज्यको नीति नियम नै फितलो रहेको बताउनु भयो । उहाँले विगतमा ७ हेक्टर जमिन देखाएर मात्रै ट्याक्टरहरु खरिद गर्न पाउने व्यवस्था विगतमा रहेको बताउनु भयो। उहाँले केही वर्षपछि जग्गाको प्रावधान हटाएर घर धितो राख्दा बैंकले ऋण लगानी गरेर ट्याक्टर बजारमा आएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सार्वजनिक यातायात र निजी सवारी साधनको विषयमा राज्यको नीति नियम नै फितलो छ । ७ हेक्टर जमिन देखाएर मात्रै ट्याक्टरहरु खरित गर्न पाउने विगतमा व्यवस्था थियो । केही वर्षपछि जग्गाको प्रावधान हटाएर घर धितो राख्दा बैंकले ऋण लगानी गरेर ट्याक्टर बजारमा आयो ।’

उहाँले जुन प्रयोगको लागि दर्ता भएको सवारी साधन हो त्यही प्रयोजनको लागि प्रयोग गरे मात्रै मालबाहक ढुवानी व्यवसायीका सवारी बाहिर निस्कन पाउने अवस्था रहेको बताउनु भयो । उहाँले जुनसुकै प्रयोजनमा दर्ता भएका सवारी साधनले ढुवानी र यात्रु सेवा दिँदा सार्वजनिक यातायात क्षेत्र मर्कामा पर्ने बताउनु भयो ।