३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

कोरोना महामारी : गर्भवती तनाबमा

कोरोना महामारी : गर्भवती तनाबमा
अ+ अ-

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको दोस्रो भेरियन्टको सङ्क्रमण तीब्ररुपमा फैलिएपछि गर्भवती तथा सुत्केरी बढी तनाबमा देखिएका छन् । 

कोरोना सङ्क्रमण भइहालेमा घरमै आइसोलेशनमा बस्नेदेखि अस्पतालमा भर्ना हुने अवस्थाका अन्य व्यक्तिलाई भन्दा गर्भवती तथा सुत्केरीका लागि बढी जोखिम हुने हुँदा उनीहरु बढी नै चिन्तित बनेका हुन् । 

टीकापुरकी रमिला चौधरीको यही वैशाख २८ गतेको सुत्केरी हुने मिति अस्पतालले दिएको छ । टीकापुर अस्पतालमा नियमित गर्भ परीक्षण गरिरहेकी रमिला सुत्केरी हुने मिति नजिकिदै गर्दा निकै चिन्तामा हुनुहुन्छ । जागिरे रमिलालाई कार्यालयले कोरोना सङ्क्रमण बढेपछि बिदा मिलाइदिएको छ तर उहाँलाई अस्पतालसम्म कसरी जाने भन्ने चिन्ताले सताएको छ ।

 ‘‘आठ महिनामा भिडियो एक्सरे गर्दा डाक्टरले बच्चा उल्टो छ भन्नु भएको थियो । अस्पतालमा कोरोना सङ्क्रमणका धेरै बिरामी छन् । मलाई अस्पताल गए सङ्क्रमित भइन्छ कि भन्ने डर छ’’, रमिला भन्नुहुन्छ, ‘‘घरमा सुरक्षित छु, सामान्य हिसाबले बच्चा जन्मिए त हुन्थ्यो तर शल्यक्रिया गर्नुपर्ने हो कि भन्ने डर लागिरहेको छ ।’’ उहाँ सुत्केरी हुने भन्दा पनि कोरोना सङ्क्रमण भइन्छ कि भन्ने चिन्ता लागेको बताउनुहुन्छ ।

टीकापुरकै रुपनी शर्माको पनि सुत्केरी मिति नजिकिएको छ । दोस्रो बच्चा पाउने मिति आइसक्दा रुपनी पनि कसरी अस्पताल जाने भन्ने चिन्तामा रहेको बताउनुहुन्छ । ‘‘पहिलो बच्चा शल्यक्रिया गरी निकालिएको हो । शल्यक्रिया गर्दा एक साता बढी अस्पताल बस्नु परेको थियो, यस पटक के हुने हो भन्ने डर लागिरहेको छ’’, उहाँले भन्नुभयो, ‘‘पहिलो बच्चा पनि सानो छ । कोरोना भन्ने कस्तो रोग आयो । आफ्नै मान्छे पनि नजीक आउन डराउनु पर्ने, अस्पताल जान पनि डर लाग्ने ।’’

कैलालीको जोशीपुरकी सन्ध्या विक पहिलो पटक गर्भवती हुनुभएको छ । सन्ध्याका श्रीमान् स्वास्थ्यकर्मी हुनुहुन्छ । श्रीमान् दिनभरि कार्यालयमा काम गर्नुहुन्छ, सन्ध्यालाई तनाब बढेको छ । ‘‘ गाउँमा ज्वरो आएका बिरामी बढेका छन् । म आठ महिनाकी गर्भवती छु । श्रीमान् बिरामीको उपचार गर्ने काम गर्नुहुन्छ’’, सन्ध्याले भन्नुभयो, ‘‘कुन दिन हामी पनि सङ्क्रमित हुन्छौँ भन्ने डरले सताएको छ ।’’

टीकापुर अस्पतालमा उपचारमा आउने तीन जना गर्भवतीलाई कोरोनाका लक्षण देखिएको छ । एक जना गर्भवती सङ्क्रमित भएर अस्पतालमै उपचार भइरहेको छ । गर्भ परीक्षण सेवा नियमित राखेको टीकापुर अस्पतालले यस साताबाट दुई साताका लागि बन्द गर्ने तयारी गरेको छ । ‘‘समुदायमा सङ्क्रमण फैलिएको छ । यस्तो बेला सुत्केरी र गर्भवती बढी सुरक्षित हुन आवश्यक छ’’, सिनियर स्टाफ नर्स कल्पना खड्काले भन्नुभयो, ‘‘सेवा नियमित भए पनि गर्भवतीहरु डरले अस्पताल आउन सक्नु भएको छैन । हामीले पनि दुई हप्ता गर्भ परीक्षण सेवा नगर्ने सल्लाह गरेका छौँ । सङ्क्रमण फैलिनबाट जोगिन यो आवश्यक छ ।’’

अस्पतालले समस्यामा रहेका गर्भवती तथा सुत्केरीलाई टेलिफोनबाट परामर्श दिन थालेको छ । टीकापुर अस्पतालमा सातामा दुई दिन गर्भ परीक्षण सेवा दिइन्छ । सातामा ७० जनासम्म गर्भवती सेवा लिन आउने गरेको स्टाफ नर्स खड्काले बताउनुभयो । ‘‘कुनै दिन त ३५ जनासम्म गर्भवती आउँथे, यो त जोखिम भयो भनेर हामीले फोनमै समस्या भए सोध्न भनेका छौँ’’, उहाँ भन्नुहुन्छ, ‘‘यस्तो बेला खानपिनमा ध्यान दिने, घरमै रमाउने, तनाबबाट मुक्त भएर बस्नुपर्छ ।’’

अस्पतालका स्त्री रोग विशेषज्ञ गौरी रिजाल अन्य नागरिकभन्दा गर्भवती तथा सुत्केरीको रोगसँग लड्ने क्षमता कमजोर हुने भएकाले सर्तकता अपनाउन आवश्यक रहेको बताउनुहुन्छ । ‘‘सङ्क्रमणको जोखिम पनि बढी हुन्छ, यस्तो बेला बालबालिका र आमालाई जोगाउन सचेतना अपनाउनु नै विकल्प हो’’, डा रिजालले भन्नुभयो, ‘‘सुत्केरी सेवा नियमित छ । सुत्केरी सेवा दिँदा स्वास्थ्यका मापदण्ड पूरा पालना गरिएका छन् । ब्यथा लागेमा अस्पताल आउनुहोला । घरमै सुत्केरी हुनु सुरक्षित होइन ।’’

टीकापुर अस्पतालमा दैनिक चारदेखि छ जनासम्म महिलाले सुत्केरी सेवा लिने गरेका छन् । अस्पतालले अन्य सेवा बन्द गरे पनि सुत्केरी सेवा स्वास्थ्यका मापदण्ड पालना गरेर नियमित दिइरहेको छ । 

यहाँ टीकापुरका मात्र नभई कैलालीका जानकी, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र बर्दिया जिल्लाको राजापुर नगरपालिकाका महिलासमेत सेवा लिन आउने गरेका छन् । कोरोना सङ्क्रमण बढेसँगै निषेधाज्ञा जारी गरिएपछि सुत्केरी व्यथा लागेका महिला अस्पतालसम्म सहजै आउन झन कठिनाइ भइरहेको बताउँछन् । हरेक पालिकामा रहेका स्वास्थ्य संस्थामा समेत सुत्केरी सेवा उपलब्ध भएपनि त्यहाँ शल्यक्रिया सेवा नभएका कारण अधिकांश महिला सेवा लिन यहाँ आउने गर्दछन् ।