१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाका सम्भावित कार्यसूची सार्वजनिक, कार्यसूचीमा एमसीसी परेन



अ+ अ-

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाले भोलि माघ २६ गते दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यक्रमको कार्यसूची सार्वजनिक गरेको छ । कार्यसूचीअनुसार भोलिको बैठकमा अमेरिकी सहयाता परियोजना एमसीसीलाई राखिएको छैन ।

सत्तारुढ गठबन्धनभित्र एमसीसी सम्झौतालाई लिएर तीव्र विवाद देखिएको छ । नेपाली कांग्रेस एमसीसीलाई संसद्बाट अनुमोदन गराउन चाहन्छ । तर नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले एमसीसीलाई यथास्थितिमा अनुमोदन गर्न नसकिनै बताउँदै आएका छन् । कार्यक्रमअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७/०७८’ पेश गर्नुहुनेछ ।

त्यसैगरी सभामुख अग्निप्रसाद सापकोटाले संविधानसभा सदस्य जगतबहादुर ताजपुरियाको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । विसं २०६४ को संविधानसभामा समानुपातिक तर्फबाट निर्वाचित ताजपुरियाको ७८ वर्षको उमेरमा गत पुस १७ गते निधन भएको थियो । भोलि ११ बजे कार्य व्यवस्था समितिको बैठक बस्नेछ ।