३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

गोरखा भूकम्पका छ वर्ष : पुरातात्विक महत्वका ४९३ सम्पदा पुनःनिर्माण

गोरखा भूकम्पका छ वर्ष : पुरातात्विक महत्वका ४९३ सम्पदा पुनःनिर्माण
अ+ अ-

गोरखा । गोरखा भूकम्पको छ वर्षको अवधिमा भूकम्पले भत्किएका पुरातात्विक महत्वका ४९३ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्प प्रभावित ३२ जिल्लाका ९२० सम्पदामा विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुगेको राष्ट्रिय पुनः निर्माण प्राधिकरणले जनाएको छ । क्षतिग्रस्त २८८ सम्पदा पुनः निर्माणको चरणमा रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले राससलाई जानकारी दिनुभयो । यी सम्पदाको पुनःनिर्माण चालु आर्थिक वर्षमै शुरु गर्ने तयारी छ । तीमध्ये केही सम्पदाको पुनःनिर्माण शुरु भइसकेको छ ।

भूकम्पले विश्व सम्पदा क्षेत्रका १७०, काठमाडौँ उपत्यकाका तीन जिल्लाका ४०६ र उपत्यकाबाहिरका २९  जिल्लाका ३४४ गरी ९२० सम्पदामा क्षति पुगेको थियो । हालसम्म विश्व सम्पदा क्षेत्रका ११०, काठमाडौँ उपत्यकाका तीन जिल्लाका २०७ र उपत्यकाबाहिरका २९ जिल्लाका १७६ गरी ४९३ सम्पदाको पुनः निर्माण सम्पन्न भएको हो । चालु आवमा विश्व सम्पदा क्षेत्रका ४९, काठमाडौँ उपत्यकाका तीन जिल्लाका १११ र उपत्यकाबाहिरका २९ जिल्लाका १२८ गरी २८८ सम्पदा पुनः निर्माण हुन लागेको प्राधिकरणले जनाएको छ । 

भूकम्पले क्षतिग्रस्त ऐतिहासिक सम्पदा धरहरालाई जस्ताको त्यस्तै राखी उस्तै आकार र प्रकारमा धरहरा टावर निर्माण सम्पन्न भई गत फागुन ११ गते उद्घाटन गरिएको छ । यसैगरी भूकम्पले क्षतिग्रस्त राजधानीको मुटुमा रहेको रानीपोखरी पनि गत वर्ष दशैँअघि नै निर्माण सम्पन्न गरी उद्घाटन गरिएको छ । काष्ठमण्डप पनि पुनः निर्माणको अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ ।  

भूकम्पले भत्किएका सम्पदा अझ राम्रो र बलियो बनाऔँ भन्ने अवधारणाको अवलम्बन गरी पुनःनिर्माण अघि बढेको प्राधिकरणले जनाएको छ । विपद् प्रतिरोधक हुने गरी स्थानीय आवश्यकताअनुरूप उपयुक्त प्रविधि अपनाई जीर्णोद्धार, प्रबलीकरण र पुनःनिर्माण गरिएको सहप्रवक्ता घिमिरेले बताउनुभयो ।