५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप र गौशाला–२६ दुवैको उपस्थितीमा फैसला बहस



अ+ अ-

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दामा फैसला बहस जारी रहेको छ । न्यायाधीश सकुन्तला कार्कीको इजलासमा सरकारी वकिलबाट बहस गरिएको हो ।

सरकारी वकिल सुरवीर परियारले बहस सिध्याएका छन् भने वादीपक्षका अन्य वकिलहरुले बहस गर्ने क्रम जारी छ । वादी पक्षको बहसपछि प्रतिवादी सन्दीपको पक्षबाट बहस सुरू हुनेछ । आज दुवै पक्षको बहस सकिने सम्भावना भने न्यून रहेको छ । आज सुनुवाइ नसकिएमा हेर्दाहेर्दैमा राखेर उक्त मुद्दा शुक्रवार सुनुवाइ हुनेछ ।

फैसला बहस सुन्न सन्दीप अदालतको इजलासमा उपस्थित भएका छन् । साथै, जाहेरीकर्ता गौशाला–२६ पनि इजलासमा उपस्थित भएकी छन् । बन्द इजलासमा बहस भइरहेकाले असम्बन्धित व्यक्तिहरुलाई भने प्रवेश दिइएको छैन ।

यसअघि भदौ १० गते नै उक्त मुद्दाको अन्तिम सुनुवाइ भनिए पनि ‘हेर्न नभ्याइने’मा परेको थियो । भदौ १० गतेको पेशीमा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याउनेमा परेपछि आजलाई पेसी तोकिएको थियो ।