२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको चीन भ्रमणमा पेट्रोलियम पदार्थ र रेल ल्याउने कुरामा विशेष पहल हुनुपर्छ: सांसद पन्त



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद एवं पूर्वमन्त्री रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमणमा पेट्रोलियम पदार्थ (तेल) र रेल नेपालमा ल्याउने कुरामा विशेष पहल गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले भारततिर संकेत गर्दै नाकाबन्दीको मारबाट राष्ट्रलाई मुक्त गराउन पनि प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणमा पेट्रोलियम पदार्थ र रेल ल्याउने कुरालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुभएको हो । सांसद पन्तले जलासाययुक्त विद्युत आयोजनामा लगानी भित्र्याउन पनि चीनसँग आग्रह गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिनुभयो । उहाँले ट्रान्समिशन लाईन निर्माणको काममा पनि जोड दिन सरकारलाई सचेत गराउनु भयो ।

सांसद पन्तले भन्नुभयो, ‘भारतबाट हामीले तेल ल्याउने पाईप लाईनहरु बिस्तार गरिरहेका छौं । यो ठिक छ । तर यो सम्भावना चीनतिर छ भने खोज्नुपर्छ । हिजो जसरी नाकाबन्दी ताका हामीलाई तेल रोकियो । त्यस्तो स्थिति भोलि नआओस् भन्नका लागि चीनतिरबाट रेल र तेल ल्याउने कुरा नेपालको प्राथमिकतामा पर्नुपर्छ । त्यसैले यो विषय प्रधानमन्त्रीको भ्रमणमा अन्यन्त महत्वका साथ यो उठोस् । र, ट्रान्समिशन लाईनहरु निर्माण गर्ने कुरामा जोड दिइयोस् । र, केही महत्वपूर्ण जलाशायसँग सम्बन्धित योजनाहरुमा कुलखानी बाहेक सबै हाम्रा रन अफ दी रिभर प्रोजेक्टहरु छन् । त्यसले हिउँदमा हामीलाई विद्युत पुग्दैन । अहिले पनि हामी विद्युतमा आत्मनिर्भर छैनौं । हामीले विजुली बेच्न थाल्यौं भन्छौं, तर गएको तथ्यांक हेर्दा १९ अर्बको विजुली किन्यौं । १० अर्बको मात्र बेच्यौं । अनि कसरी हामी आत्मनिर्भर भयौं ? त्यसैले साँचो अर्थमा हामीलाई बिजुलीमा आत्मनिर्भर हुन हामीलाई जलाशायमा आधारित योजना चाहिन्छ । त्यस्तो कुनै योजना चीनले बनाइदिन्छ भने हामीले त्यसको लागि पनि पहल गर्नुपर्दछ ।’

सांसद पन्तले नेपाल अझै पनि विद्युतमा आत्मनिर्भर नभएको उल्लेख गर्दै त्यसमा आत्मनिर्भर बनाउन सरकारले जलाशाययुक्त आयोजनाहरुको निर्माणमा ध्यान दिनुपर्ने बताउनु भयो ।