२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको चीन भ्रमणमा पेट्रोलियम पदार्थ र रेल ल्याउने कुरामा विशेष पहल हुनुपर्छ: सांसद पन्त



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद एवं पूर्वमन्त्री रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमणमा पेट्रोलियम पदार्थ (तेल) र रेल नेपालमा ल्याउने कुरामा विशेष पहल गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले भारततिर संकेत गर्दै नाकाबन्दीको मारबाट राष्ट्रलाई मुक्त गराउन पनि प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणमा पेट्रोलियम पदार्थ र रेल ल्याउने कुरालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुभएको हो । सांसद पन्तले जलासाययुक्त विद्युत आयोजनामा लगानी भित्र्याउन पनि चीनसँग आग्रह गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिनुभयो । उहाँले ट्रान्समिशन लाईन निर्माणको काममा पनि जोड दिन सरकारलाई सचेत गराउनु भयो ।

सांसद पन्तले भन्नुभयो, ‘भारतबाट हामीले तेल ल्याउने पाईप लाईनहरु बिस्तार गरिरहेका छौं । यो ठिक छ । तर यो सम्भावना चीनतिर छ भने खोज्नुपर्छ । हिजो जसरी नाकाबन्दी ताका हामीलाई तेल रोकियो । त्यस्तो स्थिति भोलि नआओस् भन्नका लागि चीनतिरबाट रेल र तेल ल्याउने कुरा नेपालको प्राथमिकतामा पर्नुपर्छ । त्यसैले यो विषय प्रधानमन्त्रीको भ्रमणमा अन्यन्त महत्वका साथ यो उठोस् । र, ट्रान्समिशन लाईनहरु निर्माण गर्ने कुरामा जोड दिइयोस् । र, केही महत्वपूर्ण जलाशायसँग सम्बन्धित योजनाहरुमा कुलखानी बाहेक सबै हाम्रा रन अफ दी रिभर प्रोजेक्टहरु छन् । त्यसले हिउँदमा हामीलाई विद्युत पुग्दैन । अहिले पनि हामी विद्युतमा आत्मनिर्भर छैनौं । हामीले विजुली बेच्न थाल्यौं भन्छौं, तर गएको तथ्यांक हेर्दा १९ अर्बको विजुली किन्यौं । १० अर्बको मात्र बेच्यौं । अनि कसरी हामी आत्मनिर्भर भयौं ? त्यसैले साँचो अर्थमा हामीलाई बिजुलीमा आत्मनिर्भर हुन हामीलाई जलाशायमा आधारित योजना चाहिन्छ । त्यस्तो कुनै योजना चीनले बनाइदिन्छ भने हामीले त्यसको लागि पनि पहल गर्नुपर्दछ ।’

सांसद पन्तले नेपाल अझै पनि विद्युतमा आत्मनिर्भर नभएको उल्लेख गर्दै त्यसमा आत्मनिर्भर बनाउन सरकारले जलाशाययुक्त आयोजनाहरुको निर्माणमा ध्यान दिनुपर्ने बताउनु भयो ।

 




भर्खरै