८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सरकारले विश्वविद्यालयमा लगाइएको तालाबन्दी तत्काल हटाउनु पर्छ: एमाले सांसद भट्टराई

सरकारले विश्वविद्यालयमा लगाइएको तालाबन्दी तत्काल हटाउनु पर्छ: एमाले सांसद भट्टराई
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद विद्या भट्टराईले नेपाल संस्कृत विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको तालाबन्दी तत्काल हटाउन सरकारसँग माग गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैं जिम्मेवार नभएका कारण ती दुवै विश्वविद्यालयमा निरन्तर रुपमा तालाबन्दी लगाउने काम भएकाले त्यसलाई हटाउन सरकारले ढिलाई गर्न नहुने बताउनु भयो । उहाँले विश्वविद्यालयलाई प्राज्ञिक क्षेत्रको रुपमा विकास गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

सांसद भट्टराईले भन्नुभयो, ‘नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी निरन्तर छ । तालाबन्दी संस्कृतिले आम विद्यार्थी निराश छन् । शिक्षा लोकतन्त्रको पूर्वशर्त हो । लोकतन्त्र शिक्षा र विवेकशील नागरिक लोकतन्त्रमा मानक हुन् । तर यो कुराप्रति सरकार जिम्मेवार देखिएको छैन । तालाबन्दी संस्कृति अन्त्य गरी विश्वविद्यालयहरुको प्राज्ञिक संस्कृतिको लागि दलहरु प्रतिवद्ध हुन नसक्दा सरकार सम्वद्ध दल आवद्ध विद्यार्थी संगठनहरुलै तालाबन्दी गरेको सार्वजनिक समाचारहरु आईरहेका छन ।’

‘सम्माननीय प्रधानमन्त्रीज्यु विश्वविद्यालयको दिक्षान्त समारोहमा कुलपतिको हैसियतले बोलेका कुरामा प्रतिवद्ध नहुँदा यस्ता व्यवहार स्थापित हुँदै गएका छन् । विश्वविद्यालयहरुमा भएको तालाबन्दीको जिम्मेवारी शिक्षामन्त्रीले लिन नसकेका कारण आज प्राज्ञिक क्षेत्र आन्दालनको केन्द्र बनेको छ । प्राज्ञिक वातावरण बनाउन कूलपति, उपकुलपतिबीच साझा धारणा बनाउन नसक्दा आज विश्वविद्यालयमा यस्ता खालको अवस्थाहरु सृजना भएका छन् । विद्यार्थीहरुको जायज माग सम्बोधन गरी तालाबन्दी खुलाउने काममा लाग्न म सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद भट्टराईले सत्ता पक्षकै विद्यार्थी संगठनहरुले विश्वविद्यालयलाई तालाबन्दी संस्कृतिको केन्द्र बनाएको आरोप समेत लगाउनु भयो ।