५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल

गृहमन्त्रीलाई गगन थापाको प्रश्न : हामीले काठमाडौँमा एक्लै हिँड्न नमिल्ने भएको हो ?

हाम्रो आँखा अगाडि पाँच वर्षीया बालिका काठमाडौँको केन्द्रमा रहेको बाल अस्पतालमा उपचार गर्ने सुविधा हुँदाहुँदै उपचार नपाएर छटपटाएर मर्नुपरेको घटना पढ्न सुन्न हामी बाध्य भएका छौँ ।

गृहमन्त्रीलाई गगन थापाको प्रश्न : हामीले काठमाडौँमा एक्लै हिँड्न नमिल्ने भएको हो ?
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार भएको सांघातिक आक्रमणलाई सामसुम पार्न खोजिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उहाँले सांघातिक आक्रमण गर्ने मान्छे पक्राउ परे पनि एउटा सन्काहाले सन्किएर हान्यो भनेर एउटा भाष्य निर्माण गरेर घटनालाई सामसुम पार्न खोजिएको आरोप लगाउनुभयो ।

महामन्त्री थापाले भन्नुभयो, “उक्त घटनाको गहिरो अनुसन्धान भएर यो घटना कसरी भयो ? किन भयो ? यसका सबै पक्षका बारेमा राम्रोसँग अनुसन्धान होस् र योसँग जोडिएका अरु सबै पक्ष पनि उजागर होस् ।” उहाँले गृहमन्त्रीलाई सम्बोधन गर्दै प्रश्न गर्नुभयो, “के हामीले काठमाडौँमा एक्लै हिँड्न नमिल्ने भएको हो ? कोही जलाइदिन्छु भन्छन्, कोही खुकुरी हान्छन् । हामी एक्लै हिँड्न हुने हो कि नहुने हो ? म प्रधानमन्त्रीले, गृहमन्त्रीले ठाउँठाउँमा बोलिरहेको सुनिरहेको छु, ‘यसलाई छाडिने छैन यस्तो गरिने छ ।’ म आग्रह पनि गर्न चाहन्छु जिम्मा लिएकोले धेरै बोल्ने होइन गर्ने हो । हामी परिणाममा हेर्न चाहन्छौँ । हामीले परिणाममा देख्यौँ भने त्यसको मूल्यांकन गर्ने संसद् छ, नागरिक समाज छ, आम जनता छन्, सञ्चारमाध्यम छन् ।”

उहाँले कान्ति बाल अस्पतालमा लाइन बसिरहेको एउटा हजुरबुबाले आफ्नी नातिनीको उपचार गराउन नसक्दा खेरी उनको मृत्यु भएको घटनालाई पनि नियमलाई देखाएर सामसुम पार्न खोजिएको भन्दै भन्नुभयो, “अस्पतालमा अत्यावश्यक सेवा लिनुपर्ने मान्छेले लाइन बस्नै पर्दैन, यो नियम छ । अहिले नियम नभएको भनेर ढाकछोप गर्न खोजिएको छ ।” उहाँले भन्नुभयो, “हाम्रो आँखा अगाडि पाँच वर्षीया बालिका काठमाडौँको केन्द्रमा रहेको बाल अस्पतालमा उपचार गर्ने सुविधा हुँदाहुँदै उपचार नपाएर छटपटाएर मर्नुपरेको घटना पढ्न सुन्न हामी बाध्य भएका छौँ । यो घटनालाई पनि सामसुम नपारियोस् ।”

उहाँले प्रतिनिधिसभामा बोल्नुभएको अंश :

नेपाली कांग्रेसका सहमहामन्त्री तथा संविधानसभाका सदस्य महेन्द्र यादवमाथि हिजो मध्याह्न काठमाडौँमा सांघातिक आक्रमण भएको छ । मैले हिजो साँझ चिकित्सकहरुलाई भेटेँ । चिकित्सकहरुको भनाइ अनुसार उहाँ भाग्यले बाँच्नुभएको छ । उहाँले नछल्नुभएको भए जे पनि हुनसक्थ्यो । म उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु । सांघातिक आक्रमण गर्ने मान्छे पक्राउ परेको छ । तर एउटा सन्काहाले सन्किएर हान्यो भनेर एउटा भाष्य निर्माण गर्न खोजिँदैछ । यसलाई थामथुम पार्ने, सामसुम पार्ने कोशिस हुँदैछ ।

म नेपाली कांग्रेसका तर्फबाट सरकारलाई सचेत पनि गराउन चाहन्छु, सरकारको ध्यानाकर्षण गराउन चाहन्छु यो विषयको गहिरो अनुसन्धान भएर यो घटना कसरी भयो ? किन भयो ? यसका सबै पक्षका बारेमा राम्रोसँग अनुसन्धान होस् र योसँग जोडिएका अरु सबै पक्ष पनि उजागर होस् । म गृहमन्त्रीलाई सोध्न पनि चाहन्छु, के हामीले काठमाडौँमा एक्लै हिँड्न नमिल्ने भएको हो ? कोही जलाइदिन्छु भन्छन्, कोही खुकुरी हान्छन् । हामी एक्लै हिँड्न हुने हो कि नहुने हो ? म प्रधानमन्त्रीले, गृहमन्त्रीले ठाउँठाउँमा बोलिरहेको सुनिरहेको छु, ‘यसलाई छाडिने छैन यस्तो गरिने छ ।’ म आग्रह पनि गर्न चाहन्छु जिम्मा लिएकोले धेरै बोल्ने होइन गर्ने हो । हामी परिणाममा हेर्न चाहन्छौँ । हामीले परिणाममा देख्यौँ भने त्यसको मूल्यांकन गर्ने संसद् छ, नागरिक समाज छ, आम जनता छन्, सञ्चारमाध्यम छन् ।

काठमाडौँमा एउटा संविधानसभाको सदस्य भएको व्यक्ति सार्वजनिक कार्यक्रमबाट सहभागी भएर आउँदै गर्दा ऊ सुरक्षित छैन भने प्रधानमन्त्री र गृहमन्त्रीलाई यो विषयले पोल्नुपर्छ कि पर्दैन ? हिजो मैले समाचारहरु पनि पढेँ । समाचारमा घटना हुनुभन्दा पहिला महेन्द्र यादवले के बोले भनेर लेखिएको छ । त्यसको आशय के हो ? महेन्द्र यादवले जेसुकै बोलेका हुन्, महेन्द्र यादवले कसैलाई मन नपर्ने बोलेका हुन्, कसैलाई चित्त नबुझ्ने कुरा बोलेका हुन् । के कुनै पनि कुराले, कसैले पनि बोलेका कुराले कसैले कसैमाथि सांघातिक आक्रमण गर्ने, खुकुरी हान्ने कुरालाई जायज ठहराउन सक्छ ? वैध ठहराउन सक्छ ? म नियतमाथि प्रश्न गर्दिन, तर लेख्नेहरुले पनि सोच्नुपर्ने बेला आएको छ यो बेलामा ।

यदि हामी कुनै पनि माध्यमबाट हिंसा जायज हुन्छ भन्ने कुरालाई स्थापित गर्ने कोशिस गर्छौं भने हामी ठूलो गल्ती गर्दैछौँ । म आग्रह गर्न चाहन्छु, यो संसद्भित्र रहेका सबै राजनीतिक दलहरु, सञ्चार माध्यम, नागरिक समाज सबैले एकपटक मनन गर्ने बेला आएको छ कि यदि समाजमा असन्तुष्टि छ भने यो असन्तुष्टिलाई देखाएर समाजमा हिंसालाई प्रोत्साहन गर्ने अभिव्यक्ति, हिंसालाई प्रोत्साहन गर्ने घटना वा हिंसात्मक गतिविधिलाई कुनै न कुनै मानेबाट प्रश्रय दिन हामीले खोज्यौँ भने नेपाली समाजले त्यसको ठूलो मूल्य चुकाउनुपर्छ ।

हामी धेरै संघर्ष र सकसबाट हिंसाबाट बाहिर निस्किएका छौँ । तर कता कता असन्तुष्टिलाई सम्बोधन गर्ने भन्दा पनि असन्तुष्टिलाई भजाएर अराजकता मच्चाउने पहलकदमीहरु भएको हामीले देखिरहेका छौँ । महेन्द्र यादवमाथि मात्र आक्रमण भयो भन्ने कुरा होइन यो, मान्छे मर्यो भन्ने कुरा होइन, काल पल्क्यो भन्ने कुरा हो । त्यसैले यो घटनालाई सामान्य घटनका रुपमा नलिऊँ । अराजकताले जसरी नेपाली समाजलाई गाँज्न खोज्दैछ र कुनै न कुनै माध्यमबाट यसलाई वैध वा जायज ठहराउने कोशिस गरिरहेका छौँ यसको ठूलो मूल्य नेपाली समाजले चुकाउनु पर्ने अवस्था आउन सक्छ । यो बारेमा हामी सबै सचेत हुनुपर्छ ।

अन्त्यमा म एउटा अर्को विषयमा ध्यानाकर्षण गराउन चाहन्छु । यही बीचमा हामीले सुन्यौँ कान्ति बाल अस्पतालमा लाइन बसिरहेको एउटा हजुरबुबाले आफ्नी नातिनीको उपचार गराउन नसक्दा खेरी उनको मृत्यु भयो । मैले समाचारमा पढेँ, नियम बनाउनुपर्नेछ । म आफैँ स्वास्थ्यमन्त्री भएको बेला सम्झन्छु, त्यही बेलामा बनाएका नियमहरु छन् । अस्पतालमा अत्यावश्यक सेवा लिनुपर्ने मान्छेले लाइन बस्नै पर्दैन । यो नियम छ ।

अहिले नियम नभएको भनेर ढाकछोप गर्न खोजिएको छ । हाम्रो आँखा अगाडि पाँच वर्षीया बालिका काठमाडौँको केन्द्रमा रहेको बाल अस्पतालमा उपचार गर्ने सुविधा हुँदाहुँदै उपचार नपाएर छटपटाएर मर्नुपरेको घटना पढ्न सुन्न हामी बाध्य भएका छौँ । यो घटनालाई पनि सामसुम नपारियोस् । यसका बारेमा सत्यतथ्य के हो छानबिन भएर सदनलाई जानकारी गराइयोस् ।