२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा चिनियाँ राजदूतको अमर्यादित अभिव्यक्तिको विरोध



अ+ अ-

काठमाडौँ । संसदीय समितिको बैठकमा नेपालका लागि चीनका राजदूतले दिएको गैरकूटनीतिक अभिव्यक्तिलाई नजरअन्दाज गर्न नहुने कुरा उठेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबार बिहान बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनालले नेपालका लागि चीनका राजदूतले दिएको गैरकूटनीतिक अभिव्यक्तिलाई नजरअन्दाज गरियो भने त्यसले थप असहजता सिर्जना हुनसक्ने समेत बताउनुभयो ।

बैठकमा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले चिनियाँ राजदूतको अभिव्यक्तिको विषयमा उनले माफी मागे माफी दिनुपर्ने र भविष्यमा नदोहोरिने सुनिश्चित गर्नुपर्नेसमेत बताउनुभयो ।

हालै नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल–भारतबीचको सम्बन्ध र नेपालको आर्थिक अवस्थाप्रति विवादास्पद र आपत्तिजनक अभिव्यक्ति दिनुभएको थियो ।

राजधानी काठमाडौँमा आयोजित एउटा कार्यक्रममा उहाँले कूटनीतिक मर्यादा विपरीत नेपाल–भारतबीचको परम्परागत बहुआयामिक सम्बन्ध र व्यापारमा खलल पुर्‍याउने गरी टिप्पणी गर्नुभएको थियो ।