२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपविरुद्धको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय टीमका स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कार्कीको इजलासमा परेको उक्त मुद्दाको तीन नम्बरमा पेसी तोकिएको छ ।

आजलाई सन्दीपमा मुद्दामा अन्तिम सुनुवाइ हुने भनिए पनि तीन नम्बरमा परेकोले आज पनि सुनुवाइ हुने सम्भावना न्यून छ ।

यसअघि भदौ १० गतेलाई अन्तिम सुनुवाइ भनिए पनि हेर्न नभ्याइनेमा परेको थियो । भदौ १० गतेको पेशीमा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याउनेमा परेपछि भदौ २१ गतेका लागि पेसी तोकिएको थियो ।

२१ गतेका लागि पेसी तोकिएपछि सन्दीप भदौ ११ गते एसिया कप खेल्न पाकिस्तान गएका थिए ।