८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

आसिफलाई मेडल लगाईदिँदै कोहलीले भने– ‘एउटा मेडल मलाई पनि दिनुपर्‍यो, क्याच छोडेकोमा’

आसिफलाई मेडल लगाईदिँदै कोहलीले भने– ‘एउटा मेडल मलाई पनि दिनुपर्‍यो, क्याच छोडेकोमा’
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले भारतीय क्रिकेटर विराट कोहलीले मेडल लगाईदिदै गर्दा क्याच छोडेकामा आफुले पनि एउटा पाउनुपर्ने बताएका उल्लेख गरेका छन् ।

एसिया कप खेलेर स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँग कुराकानि गर्दै आसिफले उक्त कुरा बताएका हुन् । ह्याप्पी ड्रेसिङ रुम अन्तर्गत भारतको ड्रेसिङ रुपमा नेपाल खेलाडी गएका थिए । भारतीय खेलाडी कोहलीले आसिफलाई मेडल लगाइदिएका थिए ।

कोहलीले मेडल लगाइदिने बेला आसिफलाई केहि भन्दै जिस्काएका थिए । पछाडि बसेका सूर्यकुमार यादव पनि कोहलीको कुरामा सहमत जनाउदै हात मिलाउदै हासेका थिए । उक्त प्रंसग बारे आसिफले भने ‘कोहलीबाट मेडल लगाउँदा निकै गर्व लागेको थियो । उहाँले अन्त्यमा एउटा मेडल मलाई पनि दिनु पर्यो, क्याच छोडेकोमा भन्नु भएको थियो।’

आसिफलाई कोहलीले ब्यक्तिगत एक रनमा एक्स्ट्रा कभरमा जीवनदान दिएका थिए । कोहलीको जीवनदानपछि आसिफले ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रन बनाएका थिए । पछि उनी मोहम्मद शिराजको बलमा कोहलीबाटै आउट भएका थिए ।

मुख्य प्रशिक्षक मोन्टी देशाईको पहलमा नेपाली टोली भारतीय ड्रेसिङ रुममा पुगेका थियो । नेपाली खेलाडीले भारतीय स्टारसँग कुराकानी गर्नुको साथै अटोग्राफ समेत लिएका थिए । ‘हामीलाई त्यो सरप्राइज जस्तो थियो। खेलपछि हेन्ड सेक गर्ने, बिदा हुने जस्तो लागेको थियो’, आसिफले भने ।