५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपमा सहभागिता जनाएर स्वदेश फर्किए नेपाली टोली-फोटो फिचर



अ+ अ-

काठमाडौँ । एसिया कपमा सहभागिता जनाएर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । पहिलोपटक प्रतियोगितामा सहभागिता जनाएका नेपाली खेलाडीहरु विश्व क्रिकेटका महारथि देशहरूसँग खेल जित्न नसके पनि प्रशंसा र क्रिकेट प्रेमिमाझ नाम चिनाएर आएका छन् ।

खेलाडीलाई स्वागत गर्न क्यानका पदाधिकारी र क्रिकेट समर्थकहरू बजागाजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरुलाई दोसल्ला र माला लगाएर भव्य स्वागत गरिएको थियो ।

प्रतियोगितामा नेपालले पहिलो खेल विश्व क्रिकेटको नम्बर वान टोली पाकिस्तानसँग मुल्तानमा खेलेको थियो । नेपाल उक्त खेलमा  २ सय ३८ रनले पराजित भएको थियो । त्यसपछि नेपाल दोस्रो खेल खेल्न श्रीलङ्का गएको थियो ।

श्रीलङ्काको क्यान्डीमा भएको भारतसँगको खेलमा नेपालले आफ्नो उत्कृष्ट ब्याटिङ ताकत देखाएको थियो । जसमा नेपालले भारतलाई २३१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो । पछि बर्षाले अवरोध गर्दा खेललाई २० ओभरमा घटाईएको थियो । जसमा नेपाल डकवर्थ लेविस (डिएलए) पद्धतिको आधारमा १० विकेटले पराजित भएको थियो ।

दुवै खेलमा पराजित भएको नेपाल समूह चरणबाट बाहिरिन पुगेको थियो । प्रतियोगिताबाट बाहिरीएपनि खेलाडीको मनोबल र खेल कौशलको खुबै चर्चा भएको थियो ।

फोटो -राष्ट्रिय खेलकुद परिषद्