५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

बागलुङमा भदौरे नाचको रौनक

बागलुङमा भदौरे नाचको रौनक
अ+ अ-

गलकोट । बागलुङ बजारमा अहिले भदौरे नाचको रौनकता छाएको छ । यहाँको पुरानो नाचमध्येका विभिन्न नाचहरु दैनिकजसो प्रदर्शन भइरहँदा बजार क्षेत्र अहिले गुञ्जायमान भइरहेको छ । लोपोन्मुख अवस्थामा रहेका नाच पछिल्लो समय बागलुङका नेवार समुदायले संरक्षित गर्दै आएका छन् ।

विसं १८४३ अघि नै बागलुङमा व्यापारको सिलसिलामा नेवार समुदाय आएर बसोबास गरेको लिखित दस्तावेजका आधारमा उक्त नाच नेवार समुदायअन्तर्गत पर्ने स्थानीय काजी गाउँले श्रेष्ठले बताउनुभयो । उहाँले उक्त नाच दुई सय ३७ वर्ष पुरानो हुनसक्ने बताउनुभयो ।

श्रेष्ठले बागलुङमा भदौरे नाचअन्तर्गत पर्ने अन्य केही नाचहरु भने खर्चिला भएकाले देखाउन छोडिएको बताउँदै अहिले थेतर, कटुवाल, रोपाइँ, जोगी, घोडा, होवालगायतका नाचहरु प्रदर्शन भइरहेको जानकारी दिनुभयो । “शिखारी र नाग नागिनी नाच बढी खर्चिलो भएकाले देखाउन छोडिएको छ, अन्य केही भदौरे नाचहरु संरक्षित छन्”, उहाँले भन्नुभयो, “नेवार जातिका कला संस्कृतिअन्तर्गतका धेरै नाचहरु आर्थिक हिसाबले खर्चिला छन् । जुन बचाउनै गाह्रो छ ।”

अहिले भदौरे नाचको अवसरमा देखाइएका नाचका कारण बजार क्षेत्रमा रौनकता छाएको जनाउँदै श्रेष्ठले नेवार जातिको पुरानो हनुमान नाच खर्च अभावका कारण पाँच वर्षमा एक मात्र देखाइने गरिएको जानकारी दिनुभयो । पछिल्लो समय युवाहरुले चासो देखिएका कारण लोप हुन थालेका कतिपय नाच पुन देखाउन थालिएको उहाँको भनाइ थियो ।

नेवार समुदायले अहिले देखाइरहेका भदौरे नाचहरु अन्य जातजातिलेसमेत रोचक मानेर हेर्ने गरेका छन् । यस नाचलाई बर्खे नाच पनि भन्ने गरिएको स्थानीयवासी मञ्जुल शाक्यले बताउनुभयो । भदौरे नाच हेर्दा रमाइलो लागे पनि निकै खर्चिलो हुने गरेको भन्दै यसको संरक्षणमा थप चुनौती थपिएको उहाँले बताउनुभयो ।

यहाँ लोप हुन लागेका नाच संरक्षणका लागि शाक्य समाजले लामो समयदेखि सक्रियता देखाउँदै आएको शाक्यले बताउनुभयो । उहाँले पछिल्लो समयमा भदौरेअन्तर्गतका नाचहरु संरक्षणमा युवाहरुले समेत चासो देखाउन थालेकाले केही सहज भएको बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय नेवा ल्याम्ह पुच:ले समेत नाच संरक्षणमा तदारुकता देखाएको छ ।

“नेवारभित्र पनि विभिन्न कला तथा संस्कृति फरकफरक पाइन्छन् । लामो समयदेखि बागलुङमा शाक्य कल्याण समाजले जोगी, रोपाइँ र लाखे नाच संरक्षण गर्दै आएको छ”, शाक्यले भन्नुभयो, “सबै नेवार समुदायले भदौरे नाचलाई पनि संरक्षण गर्नुपर्छ भनेर एकजुट भएका छन् ।”

उहाँका अनुसार गाईजात्राको दिन निकै खर्चिलो मानिएको बास्सा नाच सामूहिक रुपमा देखाइएको थियो । परिवारका सदस्य मृत्यु भएको वर्षमा बास्सा नाच देखाउने भए पनि आर्थिक हैसियत हुनेले मात्रै उक्त नाच देखाउने गरेका शाक्यको भनाइ थियो ।

भदौरे नाचअन्तर्गत लाखे नपर्ने भए पनि बर्खे वरपरमा लाखे नाच प्रदर्शन भइरहेको अगुवा नेवार समुदायले बताउँदै आएका छन् । बागलुङको नेवार समुदायले संरक्षण गर्दै आएको हनुमान नाच भने नेपालमा नै लोप हुन थालेको छ ।

घण्टाकर्ण चतुर्दशीदेखि हरितालिका तीजको दिनसम्म विभिन्न नाचहरु प्रदर्शन भइरहने शाक्य कल्याण समाजले जनाएको छ । मध्य भदौमा बागलुङका सडक, चोक र बस्ती संस्कृतिमय बनेका छन् । पुस्तान्तरणको अभावमा मौलिक र रैथाने संस्कृति लोप हुँदै गइरहेको सन्दर्भमा यहाँ देखिने उत्साह र सहभागिताले भने संस्कृति संरक्षणमा नयाँ पुस्ताको चासो देखिएको पाइन्छ ।

एक महिनासम्म बर्खेनाचअन्तर्गत विभिन्न नाच देखाउने समय र कलाकार व्यवस्थापनमा चुनौती रहे पनि त्यसलाई सबैको साथ र सहयोगबाट सम्भव हुँदै आएको नेपाल भाषा: मङ्का: खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो ।

भदौरे नाच बागलुङ बजारको इतिहाससँग जोडिएको उहाँको भनाइ थियो । बागलुङ बजार स्थापनासँगै भदौरे नाच देखाउन थालिएकाले यो यस क्षेत्रको इतिहाससँग जोडिएकाले पनि संरक्षण गर्नुपर्ने भन्दै अध्यक्ष राजभण्डारीले यसका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो । रासस