५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

एसिया कप: आज सुपर फोरको पहिलो खेलमा पाकिस्तान र बंगलादेश भिड्दै

एसिया कप: आज सुपर फोरको पहिलो खेलमा पाकिस्तान र बंगलादेश भिड्दै
अ+ अ-

एजेन्सी । एसिया कप २०२३ को सुपर फोर राउण्डको पहिलो खेलमा आज पाकिस्तान र बंगलादेश खेल्दैछन् । लाहोरको गद्दाफी क्रिकेट स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार दिउँसोको ३:१५ बजेबाट सुरु हुनेछ । आज यी दुबै टोली सुपर फोरमा पहिलो जित हासिल गर्ने अठोटको साथ मैदानमा उत्रनेछन् ।

समुह चरणको खेलमा पाकिस्तानले ब्याटिङ र बलिङ दुवैमा आफ्नो पराक्रम देखाएको थियो । पाकिस्तानका कप्तान बाबर आजम र इफ्तिखार अहमदले नेपालविरुद्ध उत्कृष्ट शतक प्रहार गरेका थिए । यस्तै, शाहीन शाह अफ्रिदीले भारतविरुद्ध शानदार चार विकेट लिएका थिए । अफ्रिदीले भारतका कप्तान रोहित पौडेल (११) र विराट कोहली (४)को अर्ली विकेट लिएका थिए ।

अर्कोतर्फ, समूह चरणमा बंगलादेशका लागि मेहदी हसन मिराज र नजमुल हुसेन शान्तो उत्कृष्ट ब्याट्सम्यान हुन् । अफगानिस्तान विरुद्ध मेहिदी र शान्तोको जोडीले उत्कृष्ट शतक प्रहार गरेका थिए । यस्तै, तस्किन अहमदले चार विकेट लिएका थिए ।

पाकिस्तानले समूहका दुवै खेलमा एउटै इलेभेन खेले पनि सुपर फोरको सुरुवात एउटा परिवर्तन गरेको छ । उनीहरूले बंगलादेशसँगको खेलमा मोहम्मद नवाजलाई बेन्चमा राखेर मध्यम गतिका बलर फहीम अशरफलाई खेलाउन आटेको छ। बंगलादेशको लाइनअपमा धेरै बायाँ हात ब्याट्सम्यान भएका कारण पाकिस्तानले बायाँ हाते स्पिनर नवाजलाई आउट गरेको हुन सक्छ ।

बंगलादेशका उत्कृष्ट ब्याट्सम्यान शान्तोले सुपर फोरका खेलहरु गुमाउने भएका छन् । चोटका कारण उनी बंगलादेश फर्किसकेका छन् । अफगानिस्तानले शान्तोको ठाउँमा लिट्टन दासलाई खेलाउने सम्भावना छ ।

पाकिस्तानको सम्भावित प्लेइङ–११:

फखर जमान,इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकीपर), आगा सलमान, इफ्तिखार अहमद, शादाब खान, फहीम अशरफ, शाहीन शाह अफ्रिदी, नसीम शाह, हरिस रउफ।

बंगलादेश सम्भावित प्लेइङ–११:

मोहम्मद नइम, मेहिदी हसन मिराज, लिट्टन दास, शकिब अल हसन (कप्तान), मुशफिकुर रहिम (विकेटकीपर), तौहिद हृदोय, शमीम हुसेन, अफिफ हुसेन, तस्किन अहमद, शोरिफुल इस्लाम, हसन महमुद।