२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोखिमपूर्ण कार्य नियन्त्रणका लागि सामाजिकस्तरबाट सचेतनागत अभियान सञ्चालन गर्नुपर्छ: ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यौन शोषण, बाध्यात्मक श्रम, दासता, जोखिमपूर्ण कार्यको नियन्त्रणका लागि राज्यको स्तरबाट नीतिगत, कानून र संरचनागत आधार तयार गर्न र सामाजिकस्तरबाट सचेतनागत अभियान सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।

मानव बेचबिखनविरुद्धको १७औँ राष्ट्रिय दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै मनोरञ्जन, वैदेशिक रोजगारी, घरेलु काम, मानव अङ्ग प्रत्यारोपणलगायत विभिन्न कार्यका लागि मानव खासगरी महिला तथा बालबालिकाको बेचबिखन हुने गरेको उल्लेख गर्नुभएको छ ।

“अन्तरदेशीय सङ्गठित अपराधका रूपमा रहेको मानव बेचबिखन तथा ओसारपसारका घटना अहिले पनि कम हुन सकेका छैनन्, हाम्रो देश पनि यस अमानवीय समस्याबाट प्रभावित छ, अपराधजन्य यस कार्यमा संलग्न पक्षले समाजमा रहेको गरिबी, बेरोजगारी र पछौटेपनको फाइदा उठाइरहेका छन्”, उहाँले भन्नुभएको छ ।

त्यस्ता कार्यमा संलग्नलाई कानूनको दायरामा ल्याएर दण्डित गर्न र पीडित/प्रभावितको उद्धार, स्वदेश फिर्ती, पुन:स्थापना, पुनर्मिलन र राहत तथा क्षतिपूर्ति प्रदान गर्ने काम प्रभावकारी हुन नसकेको अध्यक्ष ओलीको भनाइ छ । रासस