३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

ओलीको विश्वास पर्खिएको देशको अस्थिर राजनीति

ओलीको विश्वास पर्खिएको देशको अस्थिर राजनीति
अ+ अ-

काठमाडौ । केही दिनयता स्थिर बनेको राजनीतिक गतिबिधि प्रधानमन्त्री केपी ओलीले  संसदबाट बैशाख २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने निर्णय गरेसँगै तरंगित भएको छ । कोरोनाबाट त्रसित नेताहरु होेम आईसोलेसनमा जस्तै थिए । 

प्रधानमन्त्रीको निर्णयसँगै नेताहरु घर छाडेर बिभिन्न भेटघाट र दौडधुपमा व्यस्त बनेका छन् । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र त हुदैन, को कति बेला कोसँग मिल्न पुग्छ स्वयं उसैलाई  पनि थाहा हुदैन । 

पछिल्लो राजनीतिक अंक गणितलाई मात्र आधार मान्ने हो भने प्रधानमन्त्री ओलीको पक्षमा नेकपा एमालेका १२१ सांसद सबै जना साथमा छैनन् । माधव नेपाल झलनाथ खनाल समूहका २१ जना सांसद ओली बिरुद्ध आफनो राजनीतिक भविष्य नै दाउमा लगाउएर राजिनामाको पत्र खल्तीमा बोकेर हिँडेका छन् । 

उनीहरु ओलीलाई मत दिने भन्दा पनि ओलीलाई अप्ठारो पार्ने उपायका बारेमा निरन्तर छलफलमा छन् । आफना बिरोधीहरुले गरेका हरेक साना साना कुरा पनि गहिरोसँग चासो राख्ने प्रधानमन्त्रीले नेपाल समूहको रणनीति पक्कै नजिकबाट नियालिरहनु भएको होला । 

बहुमतको लागि १६ मतको खोजी गर्नुभएका प्रधानमन्त्री ओलीले १२१ मत जोगाउने भन्दा पनि जसपालाई बिभाजन गराउदै महन्थ ठाकुर पक्षको १५ मतको जोहो गर्न लाग्नु भएको छ । त्यसमाथि पनि प्रधानमन्त्री ओलीको कदमलाई ठिकै मान्दै आएको नेमकिपाको एक मत र राष्ट्रिय प्रजातन्त्र पार्टीको एक मत पनि पाउने अनुमान बालुवाटारको छ । तर परिस्थिति त्यत्ति सहज भने पक्कै छैन । ६१ सिट रहेको नेपाली काँग्रेस र ४९ सिट रहेको माओबादीले ओलीप्रति बिश्वास नभएको भन्दै समर्थन नगर्ने बैधानिक निर्णय गरिसकेको छ । 

यसैगरी १५ सांसदको हस्ताक्षर बोकेर जसपा नेताहरु डा बाबुराम भट्टराई र उपेन्द्र यादब ओलीको बिपक्षमा उभिदै आउनु भएको छ । यसैगरी गण्डकी प्रदेशम निर्णायक नबनेको राष्ट्रिय जनमोर्चाको एक सिट पनि ओलीको बिपक्षमा नै छ । 

सोझो हिसाब गर्दा हाल कायम रहेको प्रतिनिधिसभामा सांसदको कूल संख्या २७१ मध्ये बहुमत पु¥याउनका लागि १३६ मत आबश्यक पर्छ । एमालेका १२१ जना र बालुवाटार र महन्थ ठाकुरहरुले चाहेजस्तो भए सहजै रुपमा १३६ मत पुग्छ तर ओलीका लागि के जसपा फु्ट्ला ? 

एक बर्षसम्म व्याबहारिक रुपमा एक नभएको जसपा आ–आफनो बाटो लाग्ने सम्भाबना भने निकै नै छ । जसको पुष्टि जसपाका दुबै पक्षले गरिसकेका छन् । आइतबार मात्र जसपा अध्यक्ष महन्थ ठाकुरले आफूहरु पार्टी नफुटोस भन्ने पक्षमा रहेको तर अबस्थामा त्यस्तो नभएको भन्दै आफू पक्षका सांसदहरुलाई ब्रिफिङ्ग गर्नुभयो । 

उता मंगलबार जसपा संघीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराईका सहयोगी बिश्वदीप पाण्डेले पार्टी फुटाउन देशी बिदेशी शक्ति पैसा बोकेर घर घर गएको दाबीगर्दै पार्टी फुट उन्मुख रहेको कुरा सामाजिक संञ्जालमा पोष्ट गर्नुभएको थियो । 

हालसम्मको अबस्था हेर्दा ओलीलाई बिश्वासको मत पुगे पनि नपुगे पनि जसपा एक भइरहला भन्ने अबस्था भने निकै कम छ । उता ओलीको पक्षमा बहुमत पुगे फेरि दुई बर्ष यही सरकारको निरन्तरता त भैहाल्छ । 

यदि नपुगेको अबस्थामा बिपक्षीलाई बहुमत पुग्न नदिने र ठूलो दलको हिसाबमा फेरि सरकार गठन गर्ने दाउमा प्रधानमन्त्री रहनु भएको स्पष्ट रुपमा बुझन सकिन्छ ।  यो सँगै बैशाख २७ गते प्रधानमन्त्रीले प्रतिनिधिसभाको निर्बाचन घोषणा गरेको दिन सर्बोच्च अदालतले निर्बाचनमा जाने बाटो नखोले पनि त्यही नै दिन पारेर संसद पेश गर्ने ओलीको  कदमले नेपालको नयाँ राजीतिक दिशा तय गर्नेछ । 

साथै माधव नेपाल समुहसँग रहेको बिमतिको पनि छिनोफानो हुन्छ ।  नेपाल पक्षले मुटुमाथि ढुंगा राख्दै ओलीको पक्षमा उभिए एमालेको मिलन बिन्दु पनि त्यहीँबाट सुरुवात हुन पनि सक्छ । नेपाल समूहमाथि नरम हुन ओलीमाथि दवाब  पर्न सक्छ । यदि माधव नेपाल पक्षले पार्टीको निर्देशन अवज्ञा गर्दै बिपक्षमा उभिए यो संसदमा उनीहरुको त्यो नै अन्तिम बैठक हुन पनि सक्छ । 

प्रधानमन्त्री ओलीले तत्काल सांसद पदबाट मुक्तगर्ने अधिकारको प्रयोग गर्छन । त्यही बाट नेकपा एमाले औपचारिक रुपमा बिभाजन हुन्छ ।  प्रधानमन्त्री ओली सकेसम्म बहुमतको सरकारलाई नै निरन्तरता दिने नभए ठूलो दलको हैसियतमा सरकार बनाउदै आफुले चालेको कदमको औचित्य पुष्टि गर्दै फेरि पनि निर्बाचनमा नै जाने राजमार्ग रोज्दै हुनुहुन्छ । 

यस पटक ओलीको कदमलाई संसदले विश्वास गर्छ कि अविश्वास बैशाख २७ गतेको अग्निपरिक्षाले निर्धारण गर्छ । प्रतिदिन अस्थिर र अन्यौल बन्दै गएको नेपालको राजनीतिको नयाँ मोडका लागि यतिखेर सबैका आँखा २७ तिरै छन् । 

तर पनि ओलीले विश्वास या अविश्वास जे प्राप्त गरे पनि अहिलेको राजनीतिक अस्थिरताको त्यो नै अन्तिम किस्ता हुने भने देखिँदैन । बरु यहीँबाट नयाँ राजनीतिक गेमको शुरुवात हुने देखिँदैछ ।