२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख घिमिरेलाई ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धि अवधारणासहित एक्सनएड नेपालले जलवायु न्याय अभियान अन्तर्गत आज सभामुख देवराज घिमिरेलाई ध्यानाकार्षण पत्र बुझाइएको छ ।

एक्सनएड नेपालले जलवायु परिवर्तनका कारण नेपाल पनि उच्च जोखिममा रहेको भन्दै सभामुख घिमिरेलाई आज ध्यानाकार्षण पत्र पेश गरेको एक्सनएड नेपालका सञ्चार प्रबन्धकउमा थापाले जानकारी दिनुभयो । उहाँका अनुसार ध्यानाकार्षण पत्र बुझनु हुँदै सभामुख घिमिरेले जलवायु परिर्वतनका क्षेत्रमा आफुले सक्ने जती काम गर्ने तथा सो क्षेत्रमा काम गरिरहेका संघ संस्थाहरुलाई साथ दिने प्रतिबद्धता जनाउनुका साथै दलका प्रमुख सचेतकसँग पनि छलफल चलाउनुपर्ने र कानूनी कुराहरुमा आवश्यक सुधारको पहलमा जोड दिनुपर्ने बताउनु भएको थियो ।

नेपालले कार्बन उत्सर्जन घटाउनका लागि थुप्रै रणनीतिक योजना अघि सारेको दाबी गर्दै नेपालले क्षतिपूर्ति पाउनुपर्ने एक्सनएडका कार्यकारी निर्देशक सुजिता माथेमाले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्बन उत्सर्जन कम गर्ने विश्वव्यापी मान्यता अनुसार नेपाललले विभिन्न मापदण्ड पालना गरेर कामहरु गरिरहेको छ ।

विद्युतको प्रयोगमा जोड दिनुका साथै पर्यावरणका लागि एक्सनएडले पनि हरियाली कार्यक्रम समेत चलाइ रहेको छ ।” यसैगरी एक्शनएडको टोलीले एमाले उपाध्यक्ष सुवास नेम्वाङ र प्रमुख सचेतक महेश बर्ताैलालाई समेत ज्ञापन पत्र बुझाएको एक्सनएड नेपालका सञ्चार प्रबन्धक उमा थापाले बताउनुभयो ।