८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सरकारले संघीय निजामती सेवा ऐन संसदमा पेश नगरेकोमा सत्तारुढ दलका सांसदको आक्रोश

सरकारले संघीय निजामती सेवा ऐन संसदमा पेश नगरेकोमा सत्तारुढ दलका सांसदको आक्रोश
file photo
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ दलका सांसदहरुले संघीय निजामती सेवा ऐन अझै संसदमा नल्याएकोमा सरकारको आलोचना गरेका छन् ।

सत्तारुढ नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू र नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले सो विधेयक तत्काल संसदमा पेश गरी कानून निर्माण गर्न ढिलाई नगर्न सरकारलाई दबाब समेत दिनुभयो । मंगलवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै काँग्रेस सांसद बडूले प्रहरी समायोजनसम्बन्धि ऐन किन कार्यान्वयनमा नल्याएको भन्दै सरकारलाई प्रश्न समेत गर्नुभयो । उहाँले राष्ट्रिय सुरक्षा नीति निर्माण गर्न पनि ढिलाई नगर्न सरकारसँग माग गर्नुभयो ।

सांसद बडूले भन्नुभयो, ‘यो संघीय निजामती सेवा ऐन लामो समयदेखि प्रतिक्षा भइराखेको छ । मन्त्रीजी यहाँ आउनुभएको छ । उहाँले कति हेरिसक्नुभएको छ ? थाहा छैन । यसमा धेरै लामो बहस भएर फर्केर फेरि समितिमा आएको हो यो । त्यसकारण यसलाई छिटो यहाँ ल्याऊ । मन्त्रीपरिषद्बाट यो छिटो आओस् । यसको धेरै आवश्यक्ता भइसकेको छ फेरि । यो प्रहरीको समायोजन र समन्वय र कार्य सम्पादन ऐनहरु यसै कारण कार्यान्वयन भइराखेको छैन । त्यसमा सरकारले संशोधन खोजिराखको हो कि अथवा लागू किन नगरिराखेको हो ? यसलाई पनि हेर्नुपर्ने अवस्था मैले देखिराखेको छु । राष्ट्रिय सुरक्षा नीति केही अध्ययन भएर प्रतिवेदनहरु मन्त्रालयहरुमै छन । त्यसमा पनि सल्लाह गर्न आवश्यक छ ।’

नेकपा (एकीकृत समाजवादी)का सांसद पाण्डेले संघीयता कार्यान्वयनका लागि आवश्यक कानून बनाउने काममा ध्यान नदिएको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले केवल कुर्सीमा बस्नका लागि मात्रै संघीयता ल्याएजस्तो गरेर सरकारले आफ्नो गतिविधिलाई अघि बढाएको आरोप समेत लगाउनु भयो ।

सांसद पाण्डेले भन्नुभयो, ‘न संघीय निजामती सेवा ऐन ल्याउन सक्यो, न प्रहरीलाई समायोजन गर्नसक्यो ? न शिक्षा ऐन ल्याउन सक्यो ? केबल कुर्सीमा पुग्न लागि मात्रै संघीयता भन्ने अर्थ लागेको छ । यसबारेमा पनि हामी सबैले गम्भिरतापूर्वक ध्यान दिन आवश्यक छ ।’

सांसद पाण्डेले संघीय शिक्षा ऐन, संघीय निजामती सेवा ऐन, प्रहरी समायोजनसम्बन्धि ऐन निर्माण र कार्यान्वयन गर्न सरकारले ढिलाई गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।