८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

भ्रष्टाचार न्यूनीकरणमा सरकारलाई कांग्रेसको पूर्ण समर्थन छ– गगन थापा

भ्रष्टाचार न्यूनीकरणमा सरकारलाई कांग्रेसको पूर्ण समर्थन छ– गगन थापा
अ अ+ अ-

ढोरपाटन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले थालेको भ्रष्टाचार न्यूनीकरणको अभियानमा कांग्रेसको पूर्णरूपमा समर्थन रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सरकारले कांग्रेस वा अन्य जुनसुकै पार्टीका नेता तथा कार्यकर्ता भ्रष्टाचारमा मुछिए जोगाउनतर्फ नलाग्ने बताउनुभयो ।

“कांग्रेस भ्रष्टचारमा मुछिएका कसैलाई पनि संरक्षण गर्ने पक्षमा छैन, हामी भ्रष्टाचाररहित राष्ट्र चाहन्छौँ, अहिले सरकारले थालेको भ्रष्टाचार न्यूनीकरण अभियानमा कांग्रेसको पूर्ण समर्थन छ”, महामन्त्री थापाले भन्नुभयो, “जनप्रतिनिधिले राम्रोसँग काम गर्नुस्, पार्टी आफैँ मजबुत बन्दै जान्छ, तपाईंहरूले काम गर्नुभएन भने समस्या हुने हो ।”

महामन्त्री थापाले अहिले तीन वटै सरकारमा कांग्रेसको प्रतिनिधित्व रहेको हुँदा जनगुनासो आउने काम गर्न नहुने बताउनुभयो । जनताले जनप्रतिनिधिबाट धेरै अपेक्षा गरेको हुँदा नागरिकको न्यूनतम आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले जनप्रतिनिधिले जनताको मर्मअनुसार काम नगरे पार्टी र व्यक्ति दुवै सकिने बाटोमा जाने बताउनुभयो ।

तीनै तहको सरकारले काम गर्ने हो भने पाँच वर्षको अवधिमा मुलुकमा ठूलो परिवर्तन आउने उहाँले बताउनुभयो । आगामी निर्वाचनका लागि भर्खरै आत्तिनुपर्ने अवस्था नभएको महामन्त्री थापाको भनाइ छ । स्यानीयस्तरबाटै पार्टी सङ्गठन मजबुत बनाउन लाग्ने र कार्यकर्तालाई प्रशिक्षित गर्नुपर्नेमा थापाको जोड छ ।

पर्वत– यसैगरी पर्वत सदरमुकाम कुश्मा बजारमा मङ्गलबार दिउँसो कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै रूपान्तरण अभियानमा जुट्न आह्वान गर्नुभयो ।

महामन्त्री थापाले पार्टीको आउँदो महाधिवेशनले उम्मेदवार छनोटको प्रक्रिया बदल्ने र त्यसपछि गुटबन्दी अन्त्य भएर जाने विश्वाससमेत व्यक्त गर्नुभयो । स्थानीय तहदेखि संसदीय निर्वाचनमा उम्मेदवार बन्ने/बनाउने प्रणाली परिवर्तन गरेपछि मात्रै गुटबन्दी अन्त्य भएर जाने उहाँको भनाइ छ ।

उहाँले महाधिवेशनको वर्ष क्रियाशील सदस्यता बाँड्ने गरिएको भन्दै त्यसको अन्त्य हुनुपर्ने बताउनुभयो । यो पटक आउँदो २०८२ मङ्सिर–पुसतिर पार्टी अधिवेशन हुन्छ, कसैले सार्न सक्दैन’, उहाँले भन्नुभयो, “अब २०८२ वैशाखपछि कसैले क्रियाशील सदस्यता बाँड्न पाउँदैन ।”

यही भदौ १५ गतेसम्म विभाग भ्रातृ सङ्गठनलाई पूर्णता दिने भनिए पनि पूरा नभएको भन्दै भदौ मसान्तसम्म काम सक्न सभापतिलाई दबाब दिइएको बताउनुभयो ।

उहाँले पार्टी पुरानो पाराले चल्न नसक्ने भन्दै विधि र थितिअनुरूप चलाउन जिल्ला तहबाटै नेतृत्वलाई दबाब दिनुपर्नेसमेत बताउनुभयो । उहाँले आगामी निर्वाचनमा पार्टीलाई एक्लै भिड्न सक्ने बनाउन खोजिएकोसमेत उल्लेख गर्नुभयो ।

महामन्त्री थापाले आफूहरूले कांग्रेसलाई विधानसम्मत उभ्याउने प्रयास गरिरहेको बताउनुभयो । “लामो समयदेखि कांग्रेस विधानसम्मत हिँड्ने कुरामा अल्मलिएको थियो”, उहाँले भन्नुभयो, “हामीले विस्तारै सुधार ल्याइरहेका छौँ । यो प्रयासमा तपाईंहरूको पनि साथ चाहिन्छ ।” रासस