२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको पनि आर्थिक पारदर्शिता हेर्नुपर्छ: सांसद भट्टराई



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराईले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरुको पनि आर्थिक पारदर्शिता हेर्नुपर्ने बताउनुभएको छ ।

मंगलवार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै राष्ट्रिय मान्यता प्राप्त दलहरूको आम्दानी र खर्च हेर्न आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले राजनीतिक दलसम्बन्धि ऐनमा नै व्यवस्था गरेर राजनीतिक दलहरुको आर्थिक गतिविधिको अध्ययन र छानबिन गरी राजनीतिक पार्टीहरुलाई पारदर्शी र जवाफदेही बन्नुपर्ने बताउनु भयो । उहाँले समितिले दलको खर्चको स्रोत ,पार्टी सञ्चालन खर्च हेर्नुपर्ने बताउनु भयो । उहाँले दलबाट मन्त्री बनेकाहरूको मन्त्रालयको बेरूजु सम्बन्धित दलमा पठाउनुपर्ने र पुन: मन्त्री बन्ने/नबन्ने, टिकट दिने/नदिने सम्बन्धित दलले निर्णय गर्ने बताउनु भयो।

उहाँले पार्टीमा काम गरेपछि त्यो व्यक्तिले गरेको कामको प्रतिवेदन दललाई बुझाउनुपर्ने बताउनु भयो । सांसद भट्टराईले समितिले निर्णयकर्ता र कार्यान्वयन कर्तालाई जिम्मेवार बनाउन आवश्यक रहेको बताउनु भयो। उहाँले निर्णयकर्ता मन्त्री,प्रधानमन्त्री वा तोकिएको कार्यालय प्रमुख हुने बताउनु भयो । उहाँले त्यो व्यक्ति जिम्मेवारीबाट हटेपछि आफ्नो कार्याकालमा त्यो काम गर्ने व्यक्ति नै संवैधानिक अंग र नियोगहरुमा नियुक्ति हुने बताउनु भयो ।

उहाँले त्यस्तो विषयमा निश्चित सीमा बनाउन आवश्यक रहेको पनि बताउनु भयो । उहाँले जसको कार्यकालमा भ्रष्टाचार वृद्धि छ, बेरुजु फछ्र्यौट छैन,आर्थिक अनियमितता छ भनेपनि सरकारले त्यस्तो व्यक्तिलाई अख्तियारमा,निर्वाचन आयोगमा लगायतमा नियुक्ति गर्ने गरेको भन्दै त्यस्तो गर्नु नहुने बताउनु भयो । उहाँले यस्ता विषयमा पनि समितिले कानूनी रुपमा जवाफदेहिता खोज्ने काम गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘आर्थिक कार्यविधि ऐनमा समस्या भए संशोधन गर्न सरकारलाई निर्देशन दिनसक्छौं । यो सार्वजनिक लेखा समितिको क्षेत्राधिकार हो । राजनीतिक व्यवस्था कस्तो बनाउने भन्ने राजनीतिक शास्त्रको हिसावमा भन्ने हो भने बहुदलिय व्यवस्थामा राजनीतिक दलहरुको फंग्शन कस्तो छ । सार्वजनिक लेखा समितिमा आएका सदस्यहरु सबै विभिन्न राजनीतिक दलहरुबाट आएका छौं । नेपाली राजनीतिक पार्टीहरु कसरी चलेका छन् । दलहरुको काम कस्तो छ भन्ने आधारमा यो कुरा हेरिन्छ । त्यसैले सरकारले राजनीतिक दलसम्बन्धि ऐन पनि संशोधन गरेर आउन थालेको छ । त्यसमा विशेषगरी समितिले राष्ट्रिय मान्यता प्राप्त पार्टीहरुको लेखा पनि हेर्नुपर्छ । राजनीतिक दलको स्रोत कहाँबाट आएको छ । खर्च प्रणाली के भएको छ ,कहाँबाट चलेको छ हेर्नुपर्छ ।

अर्को सम्बन्धित दलबाट मन्त्री बनेकाहरूको मन्त्रालयको बेरूजु सम्बन्धित दलमा पठाउनुपर्ने र पुन: मन्त्री बन्ने/नबन्ने, टिकट दिने/नदिने सम्बन्धित दलले निर्णय गर्ने भन्ने हुन्छ । दलमा काम गरेपछि त्यो व्यक्तिले गरेको कामको प्रतिवेदन दललाई बुझाउनुपर्छ । त्यो भएमात्रै त्यो व्यक्ति कति पारदर्शी छ भन्ने कुरा थाहा हुन्छ । समितिले निर्णयकर्ता र कार्यान्वयन कर्तालाई जिम्मेवार बनाउनुपर्छ । निर्णयकर्ता मन्त्री,प्रधानमन्त्री वा तोकिएको कार्यालय प्रमुख हुन्छ । यदी उसले आफ्नो कार्याकालमा त्यो काम गर्दैन भने त्यो सचिव रिटायर्ड हुने बित्तिकै संवैधानिक अंग र नियोगहरुमा नियुक्ति हुन्छ । त्यसको निश्चित सीमा हुनुपर्छ । जसको कार्यकालमा भ्रष्टाचार बढेको छ, बेरुजु फछ्र्यौट छैन,आर्थिक अनियमितता छ तर उसको नियुक्ति अख्तियारमा,निर्वाचन आयोगमा जान्छ अब यस्तो हुनु भएन । यसमा पनि कानूनी रुपमा जवाफदेहिता खोज्ने काम गर्नुपर्छ ।’

उहाँले आर्थिक कार्यविधि ऐनमा समस्या भए सरकारले संशोधन गर्नुपर्ने बताउनु भयो । उहाँले लेखा सुशासनसँग जोडिएको समिति भएकाले आवश्यक परे कारबाही गर्नेसम्मको सिफारिस र निर्देशन दिइनुपर्ने बताउनु भयो ।