५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

एसियाडमा ‘डेब्युु’ गर्दै नेपाली महिला ह्याण्डबल

एसियाडमा ‘डेब्युु’ गर्दै नेपाली महिला ह्याण्डबल
अ+ अ-

कास्की । एसियाली खेलकुदको सर्वोच्च प्रतियोगिता एशियाली खेलकुद९एसियाड०मा नेपाली महिला ह्याण्डबल टोलीले पहिलोपटक ‘डेब्यु’ गर्दैछ । १९औँ संस्करण एसियाड अज्ञागामी असोज ६ देखि २३ गतेसम्म मित्रराष्ट्र चीनको हाङझावमा हुँदैछ ।

हरेक चार वर्षमा हुने यस प्रतियोगितामा एसिया महादेशका राष्ट्रहरुले प्रतिस्पर्धा गर्दछन् । नेपालले पनि प्रतियोगिताका विभिन्न २९ खेलमा सहभागिता जनाउँदैछ । त्यसमध्ये महिला ह्याण्डबल पनि हो । प्रतियोगितामा सहभागिता जनाउन लागेको नेपाली टोली पोखरामा साउन पहिलो सातादेखि बन्द प्रशिक्षणमा छ ।

पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय ‘कभर्ड हल’मा नेपाली टोलीका १६ खेलाडी अभ्यासरत छन् । यसअघि विसं २०७६ मा पोखरामा सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकुदमा नेपाल उपविजेता बनेको थियो ।

आयोजक राष्ट्र चीन, जापान, हङकङ, भारत लगायतका देशसँग भिड्दा नेपाली टोली उच्च मनोबलका साथ मैदानमा उत्रिने तयारीमा छ । नेपाली महिला ह्याण्डबल टोलीका उपकप्तान उमा राइले एशियाडका लागि टोलीका सबै सदस्य उत्साहित रहेको बताउनुभयो । हरेक खेलाडीको सपना प्रतियोगितामा जित भएको उहाँको भनाइ छ ।

“पोखराको वातावरणमा राम्रोसँग अभ्यास गरिरहेका छौँ । पदक ल्याउने कोसिस गर्नेछाँै”, उहाँले भन्नुभयो । नेपाली टोलीमा अधिकांश नयाँ खेलाडी छन् । पोखरामा बन्द प्रशिक्षणमा रहेको टोलीले हप्तामा एक दिन यहाँको कास्की जिल्ला ह्याण्डबल सङ्घको पुरुष टोलीले अभ्यास खेल खेल्ने गरेको छ ।

“अन्तर्राष्ट्रिय खेलाडीसँग खेल खेलेर अनुभव बटुल्न चाहन्छौँ तर त्यो अवसर प्राप्त भएको छैन”, उपकप्तान राईले भन्नुभयो । नेपाली टोली सागको तयारीका लागि थाइल्याण्डमा गएर अभ्यास गरेको थियो ।

नेपाली राष्ट्रिय महिला ह्याण्डबल टोलीका प्रशिक्षक विन्दा थापाले प्रतियोगितामा खेलाडीको प्रदर्शन राम्रो हुनेमा विश्वास व्यक्त गर्नुभयो । प्रतियोगितामा पहिलो सहभागिताले खेलाडी उत्साहित भएको र महिला ह्याण्डबल अन्तर्राष्ट्रिय खेलकुदमा प्रवेश गरेको उहाँको भनाइ छ ।

“बाहिर लान पाएको भए राम्रो हुनेथियो । खेलाडीले बाहिर गएर खेल्दा अनुभव बटुल्न पाउथे तर यसपटक त्यो अवसर मिलेन तर खेलाडी प्रतियोगितालाई लिएर उत्साहित छन् ।” प्रशिक्षक थापाले भन्नुभयो ।

एसियाली खेलकुदमा नेपालले आफ्नो पहिलो खेल आयोजक चीनसँग खेल्नेछ । त्यसैगरी जापान, हङकङ र भारतसँग पनि नेपालले खेल्नेछ । महिला ह्याण्डबल टोलीमा १६ खेलाडी र दुई प्रशिक्षक रहेका छन् । खेलाडीमा बन्दना राई(कप्तान), उमा राई(उपकप्तान) तथा खेलाडी आइत ल्याह्मु शेर्पा, कल्पना सिञ्जाली र बिमला तामाङ हुनुहुन्छ ।

यसैगरी अन्य खेलाडीमा कल्पना ओली, रमिला बस्नेत, देवी श्रेष्ठ, ममता राना, अदिती चौधरी, सङ्गीता चौधरी, बिमला भुजेल, सञ्जु राई, रामकुमारी चौधरी, सम्झना कुमाल र हेलिना राना रहनुभएको छ । यसैगरी टिम प्रशिक्षकमा विन्दा थापा र दीपक सिंह बोहरा रहनुभएको छ । रासस