८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

अवकाशपछि विकट बस्तीमा बिरामीको सेवा गर्दै डा गोविन्द केसी

अवकाशपछि विकट बस्तीमा बिरामीको सेवा गर्दै डा गोविन्द केसी
अ अ+ अ-

महेन्द्रनगर । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाशपछि पनि डा गोविन्द केसीले बिरामीको सेवामा आफ्नो सक्रियतालाई निरन्तरता दिनुभएको छ ।

कुनै समय भौगोलिक रुपले विकट रहेको कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा पुगेर डा केसीले विगत तीन दिनयता नि:शुल्क स्वास्थ्य सेवा दिइरहनुभएको छ । महाकाली नदी पारिको नगरपालिकामा अझै स्वास्थ्य सेवा सुलभ हुन नकसकेका बेला डा केसी स्थानीयस्तरमै सेवा दिन आएको खबरले सेवा लिनेहरुको भीड लागेको छ ।

दोधारा चाँदनी अस्पतालबाट सेवा दिन थाल्नुभएका डा केसीले पहिलो दिन एक सय ८४ जनाको स्वास्थ्य जाँच गरेको अस्पतालका अध्यक्ष एवं नगर प्रवक्ता ओम बस्नेतले जानकारी दिनुभयो । हाडजोर्नीका बिरामीलाई जाँच गरिरहनुभएका डा केसीलाई अस्पतालका अन्य चिकित्सकहरुले पनि साथ दिएको अध्यक्ष बस्नेतको भनाइ छ ।

बस्नेतले भन्नुभयो, “डा केसी आएको खबरले स्वास्थ्य जाँचका लागि आउनेहरुको सङ्ख्या निकै बढेको छ ।” आउनुअघि अस्पतालसित समन्वय भएको जनाउँदै बस्नेतले अस्पतालको आग्रहले उहाँ सेवा दिन दोधारा चाँँदनी पुग्नुभएको बताउनुभयो ।” “डा केसी बिहान ८ देखि बेलुकी ६ बजेसम्म बिरामीको सेवामा खटिनुभयो”, उहाँले भन्नुभयो, “यहाँको स्वास्थ्य सेवाका सवालमा राज्यले ध्यान दिनुपर्ने विषयमा समेत चासो राख्नुभयो ।” औषधीसमेत बोकेर दोधारा चाँदनी पुग्नुभएका डा केसीलाई अस्पतालले समेत आवश्यक सहयोग र समन्वय गरिहेको छ ।

“हामीसित भएको नि:शुल्क औषधी पनि जाँचपछि दिइरहेका छौँ”, बस्नेतले भन्नुभयो, “पछिल्लो समय यो अस्पतालको स्तरोन्नति भएपछि सामान्य शल्यक्रियासमेत यहाँ हुन थालेका छन् ।” दोधारा चाँदनी झोलुङ्गे पुल बनेपछि मूलधारसित जोडिएको सो क्षेत्रमा चार लेनको पक्की पुल बन्नाका साथै सुक्खा बन्दरगाहको प्रस्ताव अघि बढेर भौतिक क्षेत्रको विकास भए पनि स्वास्थ्य सेवाका लागि दोधारा चाँदनीवासीले अझै भारतीय बजार धाउनुपर्ने बाध्यता छ । रासस