२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेमोक्रेसीमा प्रधानमन्त्री नै सर्वेसर्वा हो, हामीले नेतृत्व लिनसक्ने हो कि होइन ?– शेखर कोइराला (भिडियोसहित)



file photo
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले लोकतन्त्रमा प्रधानमन्त्री नै सर्वेसर्वा हुने हुँदा नेपाली कांग्रेसले नेतृत्व लिन सक्ने हो कि होइन भनी प्रश्न गर्नुभएको छ ।

सरकारले ९ वटा मन्त्रालय लिएपछि प्रधानमन्त्री नै सर्वेसर्वा भएको बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा उहाँले सरकारमा कांग्रेसले ९ वटा मन्त्रालय लिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै सर्वेसर्वा भएको बताउनुभयो ।

सरकारको नेतृत्व आफूहरुले लिन सकेमात्र जनतामा विश्वास दिलाउन सकिने उहाँको भनाइ थियो ।

“अहिले ९ वटा मन्त्रालय हाम्रो छ ९० जना सांसद छौँ। तर, गर्भमेन्ट हाम्रो हो कि होइन भन्ने आम नेपाली जनतालाई फिल भइरहेको छ। पार्लमेन्ट्री सिस्टम र डेमोक्रेसीमा जसले जे भनेपनि। सभापति यहीँ हुनुहुन्छ। प्रधानमन्त्रीसँग कुरा भइरहेकै होला। जतिसुकै भनेपछि प्रधानमन्त्री नै सर्वेसर्वा हो। त्यो पनि एउटा कारण होला”, उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले भनेको कुरा मन्त्रीज्यूहरुले काट्न नमिल्ने, त्यो स्वाभाविक पनि हो। त्यस कारण अब हामीले नेतृत्व हामीले लिन सक्ने हो कि होइन। हामीले नेतृत्व लिने हो भने कांग्रेसको वर्चस्व हुन्छ। जनतालाई पनि विश्वस्त पार्न सकिन्छ।”